६ बैशाख २०८१, बिहिबार | April 18, 2024

जगन्नाथ गाउपालिकाको हिउदे अधिवेशन सम्पन्न



बाजुरा । बाजुरा जिल्ला को पुर्विउत्तरी भेगमा रहेको जगन्नाथ गाउपालिकाको हिउदे अधिबेशन सम्पन्न भएको छ । आठौ गाउसभा तथा हिउदे अधिवेशन विभिन्न नीतिगत निर्णय गर्दै आज सम्पन्न भएको हो ।

अधिवेशनले पुँजीगत तर्फ ( संघ बिषेश) २ करोड ७० लाख,संघ समपुरक तर्फ १ करोड ३८ लाख,प्रदेश विषेश तर्फ ६९ लाख,प्रदेश समपुरक तर्फ १ करोड ५५ लाख,संघ समानीकरण तर्फ ७ करोड ५८ लाख तथा प्रदेश समानिकरण तर्फ ६९ लाख ८१ हजार गरी कुल जम्मा १४ करोड ५९ लाख ८५ हजार बराबरको बजेट प्रस्ताव गरेको छ । ।

चालु तर्फ –संघको राजश्व,प्रदेश राजश्व र आन्तरिक स्रोत गरि ६ करोड ३८ लाख ९४ हजार तथा ३० प्रतिशत चालु खर्च र ७० प्रतिशत पुँजिगत खर्चमा रकम विनियोजन गरेको छ । यो खर्चमा शिक्षा,स्वास्थ्य लगायत अन्य शिर्षकको ससर्तको रकम ८ करोड ९३ लाख,प्रधानमन्त्री रोजगार कार्यक्रमको १ करोड ४३ लाख ९३ हजार ,बहुक्षेत्रिय पोषणको २१ लाख र सामाजिक सुरक्षाको २ करोड ३५ लाख समावेश गरिएको छैन ।

गाउपालिकाको गाउसभाले ढुङ्गा,गिट्टी वालुवाकाको नयाँ राजश्वको दररेट समेत निर्धारण गरेको छ ।
चालु आ.व. २०७७।२०७८ मा वडा नं १ देखि ६ सम्म विनियोजन गरिएका योजनाहरु मध्ये खानेपानी योजना १८,सिंचाई कुलो १२,सडक निर्माण १० र अन्य सार्वजनिक निर्माण ३२ गरि कुल ७२ योजनाहरुको डिजायन इष्टमेट तयार भई १६ वटाको सम्झौता भई काम संचालनमा रहेका गाउपालिका अध्यक्ष काली बहादुर शाहीले बताए । उनले भने अवको दुई वर्ष भित्र जगन्नाथ गाउपालिकालाई समृद्ध गाउँपपालिका बनाउने र जिल्ला कै नमुना गाउँपालिको रूपमा चिनाईने अध्यक्ष शाहीले बताए ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ९ : ५७ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी