२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । हाल देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ । देशका बाँकी भू-भागको मौसम सामान्यतय सफा रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागहरूको मौसम आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ ।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशका पहाडी भू-भागहरूको मौसममा आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ ।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ६ : ४७ बजे

भोटेकोशी बाढी : बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

कास्की । भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा