२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

नेकपा प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट निश्कासन गर्ने प्रमुख एजेण्डा



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने, शुक्रबारको विरोधसभा बारे समीक्षा गर्ने र आन्दोलनका थप कार्यक्रम तय गर्ने विषयमा छलफल हुने पार्टी स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए।

ओलीलाई ४ दिन अगाडी सोधिएको स्पष्टिकरणको जवाफ प्राप्त नभएको भन्दै आज साधारण सदस्यबाट निकास्कान गर्ने एजेण्डा आजको प्रमसख एजेयडा भएको बताईएको छ । माघ २ गतेको बैठकले ओलीलाई स्पटिकरण सोध्ने निर्णय गरिएको थियो ।

निर्णय बमोजिम माघ ५ गते स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, नेताहरु मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकालले प्रधानमन्त्री निवास बालुवाटारमा लगेर सुरक्षाकर्मीहरु मार्फत स्पष्टीकरण पत्र बुझाएका थिए।

त्यस्तै बैठकमा संगठनका विषयमा पनि छलफल हुने उनले बताए।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  २ : ११ बजे

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध

नयाँ सरकारको पहिलो नीति कार्यक्रम

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ

धादिङको बैरेनीमा तीन सवारी एकापसमा ठोक्किँदा ३७ जना घाइते, ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ बैरेनीमा तीन वटा

‘मोबाइल’को निउँमा भनाभन हुँदा…

चितवन । धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको

महभिरमा पहिरो खसेपछि बेनी-जोमसोम सडक अवरुद्ध

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय