११ बैशाख २०८१, मंगलबार | April 24, 2024

पिएम कप क्रिकेट : आज आर्मी र एपीएफ तथा पुलिस र प्रदेश २ खेल्ने



काठमाडौं । प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज सोमवार दुई खेलहरु हुँदैछन ।

बिहान ९ बजे शुरु हुने खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब तथा पुलिस क्लब र प्रदेश २ प्रतिस्पर्धा गर्न लागेका हुन ।

विभागीय टिम आर्मी र एपीएफबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ । दुबै टिम समूह चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन । समूह ए मा रहेका यी दुबै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन ।

मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा पुलिसले प्रदेश २ सँग प्रतिस्पर्धा गर्नेछ । प्रदेश २ लाई हराएर सेमिफाइनल पुग्न चाहने पुलिसका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । यो खेलपछि पुलिस र लुम्बिनी मध्ये एक टिम सेमिफाइनल पुग्नेछ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ८ : १० बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना