२९ चैत्र २०८२, आइतबार | April 12, 2026

प्रचण्ड-नेपाल नेकपाद्वारा तेस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा, २८ गते काठमाडौंमा बृहत प्रदर्शन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

प्रचण्ड–नेपाल पक्षको संघर्ष समितिले सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माघ २८ गते काठमाडौंमा बृहत जनप्रदर्शन र जनसभा गर्ने निर्णय गरेको हो ।

ओली पक्षले माघ २३ गते प्रचण्ड-नेपालको ९ गतेको प्रदर्शन भन्दा ठूलो प्रदर्शन गर्ने योजना बनाएपछि त्यसको काउन्टर गर्नेगरी २८ गते प्रदर्शन गर्ने योजना बनाएको बुझिएको छ । संघर्षका कार्यक्रम घोषण हुनुअघि पेरिसडाँडामै २ नं. प्रदेशका नेता कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९ गतेको भन्दा विशाल प्रदर्शन गर्ने तयारी भैरहेको बताएका थिए । प्रचण्डले जनकपुरमा २३ गते जनप्रदर्शन गर्ने योजना भएको भएपनि ओलीले गर्ने प्रदर्शन भन्दा ठूलो प्रदर्शन गर्ने बताएक थिए । प्रचण्डले ओलीको प्रदर्शनलाई पञ्च यालीसँग तुलना गरेका छन् ।

माघ १३ गतेदेखि २८ गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै प्रचण्ड–नेपाल पक्षको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठका अनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्नाको कार्यक्रम रहेको छ ।

यसैगरी १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायतका कार्यक्रम रहेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ११ : ४५ बजे

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज