२ पुस २०८२, बुधबार | December 17, 2025

अधिकारकर्मीको प्रदर्शनमा प्रहरीको धरपकड, २४ बढी अधिकारकर्मी पक्राउ



काठमाडौं । प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरुलाई प्रहरीले धरपकड गर्दै पक्राउ गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मीमाथि प्रहरीले धरपकड गर्दै पक्राउ गरेको हो ।

प्रदर्शनका क्रममा प्रहरीले मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, कृष्ण कंडेल सहित दुई दर्जन अधिकारकर्मीलाई पक्राउ गरेको छ । पक्राउ परेका अधिकारकर्मीलाई अहिले नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेको तथा आफूबिरोधी व्यक्ति तथा संस्थालाई आपत्तिजनक अभिव्यक्ति दिनुका साथै अदालत, कानुन ब्यवसायी, पूर्व प्रधानन्यायाधीसहरुलाई अपमानजनक शब्दमा गालीगलौज गरेको भन्दै शान्ति समाजले सोमबार बालुवाटार अगाडि प्रदर्शन गरेको थियो ।

सरकारविरुद्ध नागरिक समाजले सोमबारै बालुवाटार मार्च गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १ : ४१ बजे

बुटवलमा भोलिदेखी सुरु हुने १६ औं औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूर बुटवल । १६ औँ राष्ट्रिय

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग