२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

आजको मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमापात, बाँकी क्षेत्रको मौसम सफा



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ ।

हाल देशका पूर्वी पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै आजको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरूको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ । देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

आज राती प्रदेश नं. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागहरूको मौसममा आंशिक बदली रहने सभावना छ ।

देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ७ : ०९ बजे

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे