२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

अधिकारकर्मीहरु, नागरिकसमाज र पत्रकारले गलत आरोप लगाएर नेकपामाथि आक्रमण गरे : महेश बस्नेत



बुटवल । पुर्व उद्योगमन्त्री तथा नेकपाका युवा नेता महेश बस्नेतले केही मानव अधिकारवादीहरु भन्ने, नागरिक समाज तथा पत्रकार भन्नेहरुले सरकार तथा नेकपालाई गलत आरोप लगाएर आक्रमण गर्न खोजिएको बताएका छन् । मंगलबार नेकपाको लुम्बिनी पार्टी कार्यालय, बुटवलमा आयोजित प्रदेश स्तरिय अगुवा युवा भेलालाई सम्बोधन गर्दै उनले नियोजित रुपमा केही मिडिया तथा अधिकारवादी भन्नेहरु आफ्नो पार्टी तथा सरकार विरुद्ध लाग्ने गरेको आरोप लगाए ।

उनले प्रचण्ड(नेपाल पक्षका कारण संसद विघटन गर्नुपर्ने स्थितीमा पुगेको आरोप लगाउँदै गलत पात्रहरुलाई नेतृत्वमा पुर्याउदा सरकार र पार्टी संकटमा परेको उल्लेख उल्लेख गरे । उनले भने ‘कृहि नेताहरुलाई नेतृत्व लङ्गुरको हातमा अङ्गुर जस्तै भएको छ ।

प्रधानमन्त्रीले गलत पात्रलाई सरकारको नेतृत्वमा पुग्न नदिनकै लागि संसद विघटन गर्नुपरेको उनले आसय व्यक्त गरे ।

बस्नेतले प्रधानमन्त्री युवापुस्ताको पक्षमा रहेको उल्लेख गर्दै पार्टीमा बहस चलेका बेला महाधिवेसनपछि आफू नदोहोरिने र चुनावपछि प्रधानमन्त्री बन्दिन भनेर ओलीले युवाको पक्षमा उभ्याएको बताए । उनले प्रचण्ड–नेपाल सहितका केही नेताले पदको स्वार्थका कारण सिंगो पार्टी तहसनहस बनाएको आरोप लगाए ।

उक्त सभा अगाडी लुम्बिनी प्रदेशका प्राय सबै जिल्लाबाट आएका राष्ट्रिय युवासंघ समर्थक युवाहरुले बुटलमा मोटरसाईकल ¥याली प्रदर्शन गरेका थिए । बुटवलस्थित राजमार्ग चौराहाबाट निकालेको युवा संघको ¥याली योगिकुटीमा आई पुनः राजमार्ग चौराह हुंदै सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा पुगी सभामा परिणत भएको थियो । ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : १७ बजे

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले