११ श्रावण २०८३, सोमबार | July 27, 2026

एमसीसी सहायता नआए पनि परियोजना अघि बढाउनुपर्छ : योजना आयोग उपाध्यक्ष कँडेल



काठमाडौं   राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

एमसीसीबारे राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफै गलत हो की भन्ने भ्रम परेको बताउँदै  कँडेलले विद्युत प्रसारण परियोजना नेपालका लागि अत्यावश्यक भएको बताएका हुन्।

परियोजनाको राजनीनिक पक्ष जे जस्तो भएपनि केही वर्षभित्र विद्युतको ठूलो राष्ट्रिय प्रशारण लाइन आवश्यक पर्ने भएकोले सरकारले एमसीसी स्वीकृत नभएपनि परियोजनालाई अगाडि बढाउनुपर्ने कँडेलले बताए ।

उपाध्यक्ष कँडेलले एमसीसी परियोजना रुपान्तरणकारी आयोजनाको रुपमा १५ औं योजनामा समेत समावेस भइसकेकोले सरकारले परियोजना निर्माणको कार्यलाई तिब्रता दिएको जनाए । तर देशको पूँजीको अपर्याप्तताको कारणले एमसीसी आवश्यक पर्ने देखिएको पनि उनले जिकिर गरे।

उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले आफैले एमसीसी परियोजनालाई १५ औं योजनामा समावेस नगरेको बताए ।

उर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरी रुपान्तरणकारी आयोजनामा समावेस गरेको उनले प्रष्ट पारे ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १२ : ०५ बजे

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय