७ चैत्र २०८२, शनिबार | March 21, 2026

संसद पुनर्स्थापना नभए प्रतिनिधिसभाको कार्यकाल २ वर्षमा सीमित हुन्छ : वरिष्ठ अधिवक्ता संग्रौला



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ । आजको सुनुवाइमा वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले बहस गरेका छन् । बहस गर्दै वरिष्ठ अधिवक्ता संग्रौलाले संसद पुनर्स्थापना नभए संसद्को आयु दुई वर्षमै सीमित हुने ठोकुवा गरेका छन् ।

संग्रौलाले पुनर्स्थापना नभए गलत नजिर बस्ने र हरेक दुई वर्षमा संसद् विघटनको बाटो खुल्ने बताए । उनले संसद विघटनलाई सदर गरिए संविधानमा संसद्को आयु ५ वर्ष लेखे पनि त्यो संविधानमै सीमित हुने र हरेक २ वर्षमा प्रधानमन्त्रीले संसद विघटन गर्ने बाटो खुल्ने तर्क गरे ।

संग्रौलाले संसद् पुनर्स्थापना भएको खण्डमा संसदमा झगडा भए पनि प्रजातन्त्र बलियो हुने जिकिर गरे।

सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जवरा सहित न्यायाधीसहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले सुनुवाइ गरिरहेको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  २ : ३६ बजे

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको