१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

संसद पुनर्स्थापना नभए प्रतिनिधिसभाको कार्यकाल २ वर्षमा सीमित हुन्छ : वरिष्ठ अधिवक्ता संग्रौला



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ । आजको सुनुवाइमा वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले बहस गरेका छन् । बहस गर्दै वरिष्ठ अधिवक्ता संग्रौलाले संसद पुनर्स्थापना नभए संसद्को आयु दुई वर्षमै सीमित हुने ठोकुवा गरेका छन् ।

संग्रौलाले पुनर्स्थापना नभए गलत नजिर बस्ने र हरेक दुई वर्षमा संसद् विघटनको बाटो खुल्ने बताए । उनले संसद विघटनलाई सदर गरिए संविधानमा संसद्को आयु ५ वर्ष लेखे पनि त्यो संविधानमै सीमित हुने र हरेक २ वर्षमा प्रधानमन्त्रीले संसद विघटन गर्ने बाटो खुल्ने तर्क गरे ।

संग्रौलाले संसद् पुनर्स्थापना भएको खण्डमा संसदमा झगडा भए पनि प्रजातन्त्र बलियो हुने जिकिर गरे।

सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जवरा सहित न्यायाधीसहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले सुनुवाइ गरिरहेको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  २ : ३६ बजे

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर । कञ्चनपुरकी कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी