२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

नेकपा प्रचण्ड-नेपाल पक्षको बुटवलको सभास्थलमा भएको फोहरको कार्यकर्ताले गरे सफाई



बुटवल । नेकपा प्रचण्ड–नेपाल पक्षले आज बुटवलमा सम्पन्न गरेको विरोधसभामा सहभागी समर्थकहरुले गरेको फोहर सोही पार्टीका कार्यकर्ताहरुले सफाई गरेका छन् । बुटवलको पुस्पलाल पार्क अगाडी रहेको लुम्बिनी अस्पतालको खाली जग्गामा आज भएको विरोधसभाका क्रममा जम्मा भएको फोहरलाई नेकपा प्रचण्ड-नेपाल पक्षकै कार्यकर्ताहरुले उठाएका हुन् ।

अध्यक्ष द्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गरेको सभामा भेला भएका हजारौंको संख्याको सहभागीहरुले सभास्थलमा गरेको फोहर नेकपाका नेता राजु गुरुङ र विद्योर्थी नेतृ लक्ष्मी केसी,संविधान सभा सदस्य विनोद पहाडी , नेकपा प्रचण्ड-नेपाल रुपन्देहीका प्रचार प्रसार संयोजक सिद्धी चरण भट्टराई , युवा नेतृ सरिता श्रीस, पत्रकार गुनाराम घिमिरे, ईश्वर गुरुङ लगायतको नेतृत्वमा स्वयमसेवकहरुले सफाई गरेका थिए । सभाको समापन भए लगत्तै स्वयम सेवक सहितको टिमले सभा स्थल र त्यस वरिपरिका क्षेत्रमा भएका पानीका बोटल, प्लास्टिक, सुर्ती तथा अन्य कागजहरु, जङ्कफुडका कागज लगायतका फोहरहरु संकलन गरेर नस्ट गरेका थिए ।

बिरोध सभामा सहभागीहरुले छोडेका करिव क्वीन्टल भन्दा बडि फोहोर सकलन गरिएको प्रचार संयोजक सिद्धिचरण भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ११ : २० बजे

सरकारले तोक्यो विद्युतीय सवारीको भाडा दर, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ । विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीमा कम खर्च

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद