१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कोरोना खोप लगाएका विदेशी पर्यटकलाई सहजै प्रवेश दिने सरकारको तयारी



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने तयारी गरिएको बताएका छन् ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पर्यटन क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै मन्त्री ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर नेपाल आउने विदेशी पर्यटकलाई प्रवेश सहज गराउने सरकारको तयारी रहेको बताएका हुन् ।

ढकालले नेपाल आउने ब्यक्तिले क्वारेन्टिन बस्नुपर्ने अनिवार्य व्यवस्थालाई संशोधन गरी सहज बनाउने तयारी गरेको बताए ।

७२ घण्टाभित्र पीसीआर परीक्षण गराएर आएको रिपोर्ट र नेपालमा परिक्षण गर्दा पनि पिसिआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई आफ्नो गन्तव्यमा सजिलै जान दिने व्यवस्था गर्न लागेको पनि बताए ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ५ : ३६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले