बुटवल । तेस्रो राष्ट्रिय बुटवल मेयर कप अण्डर १८ टेबल टेनिस प्रतियोगिता २०७७ को उपाधि छात्रतर्फ एपिएफका संयोग कपाली र छात्रातर्फ आर्मीकी दिया देउलाले हात पारेका छन ।
रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा देविनगर ओलिपथ स्थित कोर्टमा भएको फाईनलमा एपिएफकै बोधित डिसिलाई पराजित गर्दै उपाधि हात पारेका हुन । यसैगरि छात्रातर्फ आर्मीकी दीक्षा दाहाललाई पराजित गर्दै आर्मीकै दिया देउलाले उपाधि हात पारेकी हुन।
यसैगरि प्रतियोगितामा छात्रतर्फ सुनसरीका अनमोल बिक र एपिएफका विशाल गोले तेस्रो भए । छात्रातर्फ भने एपिएफकी ईभाना थापा र बियंका राई तेस्रो भएकी छिन । प्रतियोगितामा उपाधि विजेता, उपविजेता र तृतिय स्थान हासिल गर्ने खेलाडीलाई नगद २५ हजार, १५ हजार र ५-५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।
खेल सुरुहुनु पूर्व आयोजित उदघाटन समारोहमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, संघका प्रमुख सल्लाहकार अर्जुनमान सैजु, साउथ एशियन टेबल टेनिस फेडेरेसनका महासचिव तथा पुर्व मुख्य प्रशिक्षक शंकर गौतम, राखेपका वरिष्ठ मुख्य प्रशिक्षक संजिव ढुगेल, लगायतले खेलाडीहरुलाई शुभकामना दिएका थिए। प्रतियोगितामा ९६ जना खेलाडी सहभागीता रहेको उनले बताए।


















प्रतिक्रिया