१२ असार २०८३, शुक्रबार | June 26, 2026

पिएम कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज आर्मी र एपीएफ भिड्दै



काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि शनिबार प्रतिस्पर्धा हुँदै छ ।

दुवै विभागीय टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान ९ बजेदेखि सुरु हुने छ ।

बिहीबार कीर्तिपुर खेल मैदानमा बागमती प्रदेशलाई ९४ रनले हराउँदै लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा पुगेको आर्मी उच्च मनोबलका साथ मैदानमा हुनेछ ।

सत प्रतिशत नतिजासहित फाइनल पुगेको एपीएफ आर्मीविरूद्ध समूह चरणको नतिजा उल्ट्याउने प्रयत्नमा हुनेछ । उसले समूह चरणमा आर्मीलाई ६ रनले पराजित गरेको थियो ।

आर्मी लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो । दुवै टिम एक-अर्कालाई पराजित गर्दै चौथो संस्करणको उपाधि जित्ने लक्ष्यमा छन । उपाधि विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन ।

 

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ७ : ०९ बजे

नेदरल्याण्ड्स समूह एफको विजेता, जापान उपविजेताका रूपमा नकआउट चरणमा

काठमाडौं । ट्युनिसियामाथि ३-१ को सहज जित निकाल्दै नेदरल्याण्ड्स विश्वकप

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी

विश्वकप फुटबल : जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौं । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध