१६ असार २०८३, मंगलबार | June 30, 2026

‘श्री ५को सरकार’ भनेकोमा खानेपानी मन्त्रीले मागे माफी



काठमाडौं । भाषणको क्रममा श्री ५ को सरकार भनेकोमा खानेपानीमन्त्री मणि थापाले क्षमा याचना गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री थापाले शनिबार सुर्खेतमा आयोजित कार्यकर्ता भेलामा ‘श्री ५ को सरकारको तर्फबाट’ भनेकोमा क्षमा मागेका हुन् ।

थापाले भुलबस ती शब्द प्रयोग भएको भन्दै आफुले त्यसलाई तत्कालै सच्चाएको पनि जनाएका छन् । थापाले आफ्नो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको भन्दै पश्चगमनका पक्षमा आफ्नो साथ नहुने स्पष्ट पारेका छन् ।

थापाले लेखेका छन्, शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ ।

आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।

मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ११ : ०७ बजे

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार

इन्जुरी समयमा मार्टिनेली चम्किए, ब्राजिल अन्तिम १६ मा प्रवेश

काठमाडौं । अतिरिक्त समयको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल

जर्मनीको विश्वकप यात्रा समाप्त, पेनाल्टीमा पाराग्वेसँग स्तब्ध

काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीको विश्वकप यात्रा नकआउट चरणमै

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ । यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा