१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

‘श्री ५को सरकार’ भनेकोमा खानेपानी मन्त्रीले मागे माफी



काठमाडौं । भाषणको क्रममा श्री ५ को सरकार भनेकोमा खानेपानीमन्त्री मणि थापाले क्षमा याचना गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री थापाले शनिबार सुर्खेतमा आयोजित कार्यकर्ता भेलामा ‘श्री ५ को सरकारको तर्फबाट’ भनेकोमा क्षमा मागेका हुन् ।

थापाले भुलबस ती शब्द प्रयोग भएको भन्दै आफुले त्यसलाई तत्कालै सच्चाएको पनि जनाएका छन् । थापाले आफ्नो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको भन्दै पश्चगमनका पक्षमा आफ्नो साथ नहुने स्पष्ट पारेका छन् ।

थापाले लेखेका छन्, शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ ।

आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।

मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ११ : ०७ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण