२८ बैशाख २०८३, सोमबार | May 12, 2026

सरकार विरुद्ध माइतीघरमा धर्नामा बस्दै प्रचण्ड-नेपाल



काठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आज माइतीघरमा धर्नामा बस्दैछन् ।

सरकार विरुद्ध भैरहेको निरन्तरको देशव्यापी प्रदर्शन र सभामा उपस्थित हुँदै आएका अध्यक्षद्वय प्रचण्ड र नेपाल माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा सहभागी हुन लागेका हुन् । दुवै अध्यक्ष मध्यान्न १२ बजेपछि धर्नामा सहभागी हुनेछन् ।

नेकपाको तेस्रो चरणको आन्दोलनअन्तर्गत संविधानसभाका सभासदहरु र पूर्व सांसदहरु माघ १४ गतेदेखि धर्नामा सहभागी भैरहेका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड नेपाल नेतृत्वको नेकपा गत पुष ५ गतेदेखि नै आन्दोलनमा रहँदै आएको छ ।

नेकपाले शनिबार धनगढीमा, शुक्रबार विराटनगरमा र बिहीबार बुटवलमा विशाल प्रदर्शन र सभा सम्पन्न गरिसकेको छ । यही माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा ठूलो जनप्रदर्शन गर्ने नेकपाले दाबी गरेको छ ।

 

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ११ : २७ बजे

एसईईको नतिजा : सबैभन्दा उच्च ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार बढी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका