२० बैशाख २०८१, बिहिबार | May 2, 2024

आजको मौसम : पूर्व र पश्चिमका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात, पहाडी क्षेत्रमा आंशिक बदली



काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव कायम रहेको छ । हाल प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ ।

तराईका अधिकांश स्थानहरुमा हुस्सु रकुहिरो लागेको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाठमाडौंको न्युनतम तापक्रम २ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ ।

प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ६ : २८ बजे

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा