१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रचण्ड-नेपाल नेकपाको आरोप : बागमती प्रदेशसभाका सभामुख अल्पमत सरकाको लाचार छायाँ



हेटौंडा । प्रचण्ड-नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बागमती प्रदेश सभाका सभामुख अल्पमतको सरकारको लाचार छायाँ भएको आरोप लगाएको छ ।

नेकपाले सोमबार बिहान विज्ञप्ती प्रकाशित गर्दै प्रदेश सभा बैठक स्थगित गरेकोमा आपत्ति जनाउँदै सभामुख अल्पमतको सरकारको लाचार छायाँ भएको टिप्पणी गरेको हो ।

नेकपाको प्रचण्ड नेपाल पक्षले प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । अविश्वास प्रस्तावसँगै नयाँ मुख्यमन्त्रीका रुपमा पेश गरिएकी अष्टलक्ष्मी शाक्यले जारी गरेको विज्ञप्ति जारी गर्दै सभामुखको स्वेच्छाचारिताको विरोध गर्न र संसदीय मूल्य, मान्यता र मर्यादाको पक्षमा उभिन सबैलाई आग्रह गरेकी छिन् ।

आज सोमबार तय भएको प्रदेशसभा बैठक सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति सवा ९ बजे फागुन ५ गतेसम्म स्थगित भएको सूचना जारी गरेका थिए । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो ।

तर, सभामुखले हठात आइतबार राति बैठक स्थगित गरेपछि सो कदमप्रति शाक्यले आपत्ति जनाएकी छिन् । उनले भनेकी छिन्, ‘यसबाट संसदीय मूल्य, मान्यता संवैधानिक व्यवस्था र प्रदेश सभाको नियमावली समेतको घोर उल्लंघन गर्दै प्रदेश सभाका मानीय सभामुख अल्पमतको सरकारको लाचार छायाँ बन्न पुगेको प्रष्ट देखिन्छ ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘अविश्वासको प्रस्तावकहरु र अन्य दलसँग समेत कुनै छलफल या जानकारी नगरी कार्य व्यवस्था परामर्श समितिको बैठक समेत नराखी र कुनै विशेष कारण समेत नखुलाई गरिएको यो स्थगित तुरुन्त सच्चाइ तत्काल प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक राखि प्रदेश सभाको बैठक अविलम्ब सुचारु गर्न हाम्रो दल माननीय सभामुख समक्ष जोडदार माग गर्दछ ।’

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १२ : १९ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर