२४ बैशाख २०८१, सोमबार | May 6, 2024

पार्टी छोड्नेहरु ‘चोक्टा खान गएकी बुढी झोलमा डुबिन्’ जस्तै भएका छन् : प्रधानमन्त्री ओली



धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित मितिमै चुनाव सम्पन्न हुने दाबी गरेका छन् ।

धनुषाको ढल्केबरमा नेपालकै सबैभन्दा ठूलो विद्युत सवस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनावको मिति एक दिन पनि पर नसर्ने दाबी गरेका हुन् ।

ओलीले बैशाख १७ र २७ गतेको चुनावका लागि तयारी सुरु भैसकेको जनाउँदै धनुषालगायत २ नं. प्रदेशमा बैशाख १७ गते चुनाव हुने भएको बताए । उनको चुनावको तयारीमा लागिहाल्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै मधेशबाट चुनावमा आफ्नो पार्टीले सबैभन्दा धेरै सिट जित्ने दाबी गरे ।

उनले आफुलाई मधेश विरोधी भनेर प्रचार गरिएकोमा चित्त दुखेको गुनासो गर्दै मधेशको विकास र समृद्धिका लागि आफुले सबैभन्दा बढी प्रयास गरेको बताए । उनले भने, ‘केपी ओलीले नै मधेसमा बाटो, ढल र सिंचाइ बनाउँछ । तराईमा सिंचाइ गर्न पहाड छेडेर कोसी ल्याउँदैछौ ।’

प्रधानमन्त्री ओलीले पार्टीभित्र उपद्रो मच्चाउनेहरु अलग भएको भन्दै अहिले पार्टीमा शान्ति छाएको जनाए । उनले भने, ‘उनीँहरुलाई दशा लागेको रहेछ। प्रधानमन्त्री खान हिँडेका थिए । चोक्टा खान गएकी बुढी झोलमा डुबिन् जस्तै भएका छन् अहिले ।’

ओलीले पशुपतिमा १४१ किलोको सुनको जलहरी लगाउँदा कुनै अन्यथा नहुने जिकिर गरे । राम्रो कामका लागि परम्परा तोड्नु नराम्रो नहुने उनको जिकिर थियो ।

‘केही मिडियाले चाँदीकै हाल्नुपथ्र्यो, किन सुनको हाल्न लाग्यो भनेर लेखे’, मिडियाप्रति आक्रोश पोख्दै ओलीले भने, ‘म तिनीहरुलाई सोध्न चाहन्छु, तपाईंको बुवा पण्डित तर तपाईं किन पत्रकार बनेको ? मेरो बुवा प्रधानमन्त्री थिए र म प्रधानमन्त्री बनेको त होइन नी ! नयाँ कामका लागि पुरानो भत्काउनुपर्छ ।’

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ३ : २५ बजे

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक