२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

संवैधानिक परिषदको सिफारिस सभामुखले फिर्ता गर्दा भाउन्निए राष्ट्रियसभा अध्यक्ष



काठमाडौं । सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदको सिफारिसपत्र फिर्ता पठाइदिएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपत्ति जनाएका छन् ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले आज संसद सचिवालयमा पत्रकार सम्मेलन गर्दै आफु समेत सहभागी परिषदले गरेका सिफारि सभामुखले फिर्ता गर्नु असंवैधानिक भएको जिकिर गरेका छन् । उनले राष्ट्रिय सभा नै छैन जस्तो गरी सभामुखले व्यवहार देखाएकोमा आपत्ति समेत जनाएका छन् ।

उनले भने ‘सिफारिस पत्रहरु नेपालको संविधान र संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ विपरित सभामुख र एकल निर्णयले फिर्ता पठाएकामा गम्भीर आपत्ति प्रकट गर्दछु ।’

संवैधानिक परिषदले संसदीय सुनुवाइका लागि पठाएका सिफारिस पत्रलाई सभामुख सापकोटाले आइतबार सक्कलै प्रति फिर्ता पठाइदिएका थिए ।

तिमिल्सिनाले आफु समेत संलग्न परिषदका सिफारिसहरु विधिसम्मत भएको दाबी गर्दै त्यसलाई संसदीय सुनुवाई समितिलाई उपलब्ध गराइएको बताए ।

सभामुखले फिर्ता पठाएको पत्रले नियुक्तिमा कुनै असर नगर्ने उनले दाबी गरे ।

राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश अनुसार बसेको संवैधानिक परिषदको बैठक वैधानिक भएको तिमिल्सिनाको दाबी छ । उनले भनेका छन्, ‘संविधानको धारा ११४ मा मन्त्रिपरिषद्को सिफारिसमा समान्य राष्ट्रपतिबाट जारी भएको अध्यादेश संघीय संसद्ले अस्वीकृत गरेको अवस्थामा बाहेक कानुन सारा लागू हुन्छ भन्ने उल्लेख गरिएको छ ।’

अध्यादेशबारे सम्मानित सर्वोच्च अदालतबाट अन्यथा आदेश नभएको अवस्था रहेको उनले जिकिर गरे ।

 

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ३ : ४९ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको