२३ आश्विन २०८३, शुक्रबार | October 10, 2026

यी दुई एप तपाईंले मोबाइलमा राख्नै पर्दैन, राख्नै हुँदैन



एजेन्सी । पछिल्लो समय स्मार्टफोनको प्रयोग निकै बढेको छ । एउटा स्मार्टफोनमा हाम्रो दैनिक जीवनमा आवश्यक अनेकौं सुविधाहरु छन् ।

यसले अनेक कामहरु गर्न सहज हुन्छ । तर, विभिन्न टास्कहरु गर्न मोबाइलमा नयाँ नयाँ एप बनेका हुन्छन् जुन आइफोनमा एप स्टोरबाट डाउनलोड गरिन्छ भने एन्ड्रोइड फोनमा प्ले स्टोरबाट ।

तर, धेरै जसो मानिसहरुले आफ्नो मोबाइलमा चाहिने भन्दा अनावश्यक एपहरु पनि राखिरहेको हुन्छन् जसले हाम्रो मोबाइललाई राम्रोसँग पर्फम गर्न दिँदैन । त्यस्तै केही एप जुन हामीलाई हाम्रो फोनमा चाहिँदैन वा हामीले फोनमा राख्नै हुँदैन ।

फ्रि एन्टिभाइरस

क्यासपस्र्की, अवास्ट, एभिजीलगायतका विभिन्न एन्टी भाइरस एपहरु हाम्रो मोबाइलमा हुन सक्छन् । यस्ता एपहरुले हाम्रो मोबाइल फोनलाई सुरक्षित राख्ने दाबी गरेका हुन्छन् ।

तर, वास्तविकता के हो भने हाम्रो मोबाइल फोनहरुको फिचर्सका लागि चाहिने एन्टी भाइरस प्रोटेक्सन पहिले नै गुगल प्ले स्टोर तथा एप स्टोरमा भइसकेको हुन्छ ।

त्यसैले यस्ता एन्टि भाइरस एपहरु हामीलाई त्यति बेला मात्र चाहिन्छ जतिबेला हामी हाम्रो मोबाइलमा सुरक्षित साइटहरुभन्दा बाहिरबाट केही डाउनलोड गरिरहेका हुन्छौँ । अन्यथा प्ले स्टोर तथा एप स्टोरबाट एप डाउनलोड गरेर चलाउन यस्ता एपको आवश्यकता नै पर्दैन ।

ब्याट्री सेभिङ एप

गुगल प्ले स्टोरमा मात्र होइन, एप स्टोरमा पनि यस्ता धेरै एपहरु हुन्छन् जसले तपाईंको मोबाइलको ब्याट्रीलाई संरक्षण गर्ने दाबी गरिरहेका हुन्छन् ।

यतिमात्र होइन, केही एपले त ब्याट्रीको क्षमता बढाउने दाबी पनि गर्छन् । तर, यो गलत हो । यस्ता एपहरुले ब्याट्रीको क्षमता बढाउनेभन्दा कम गर्छन् । बरु यी एपहरु ब्याकग्राउन्डमा चलिरहेका हुन्छन् र हाम्रो मोबाइलको ब्याट्रीलाई कमजोर बनाइदिन्छन् ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ७ : ०६ बजे

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

नेपालगन्ज । जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट