२६ बैशाख २०८१, बुधबार | May 8, 2024

तिनाउ मिसन डेभलपमेण्ट बैंकको ५८ औं शाखा दाङको लमहीमा बिस्तार



बुटवल । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले आप्mनो ५८ औं शाखा दाङको लमहीमा संचालनमा ल्याएकाे छ ।

बुटवलमा केन्द्रिय कार्यालय रहेको बैंकले दाङको लमही ५ बजारटोलमा एक कार्यक्रम गरी बैंकका अध्यक्ष जीवन प्रसाद वझाले रिबन काटेर समुद्घाटन गरे ।

शाखा उद्घाटनको अवसरमा बैंकले उक्त क्षेत्रमा रहेका श्री आदर्श माध्यमिक विद्यालय र श्री खिमवहादूर शाह माध्यमिक विद्यालय लमहीका छात्र तथा छात्रा गरी ४ जना विद्यार्थीहरुलाई नगद तथा स्टेशनरी सामाग्री प्रदान गरेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठको संचालन र अध्यक्ष जीवन प्रसाद वझाको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका संचालक समिति सदस्य ऋषिराम पाण्डे, लमही उद्योग वाणिज्य संघका उपाध्यक्ष विनोद कुमार पाण्डे र लमही वडा नं. ५ का वडा अध्यक्ष वेम वहादुर के सीले मन्तव्य राखेका थिए ।

१७ अर्व ७१ करोड निक्षेप संकलन गरी १३ अर्व ४४ करोड कर्जा लगानी गरेको बैकले १५ वटा एटिम बाट सेवादिईरहेको यस विकास बैंकलाई सिटिजन्स बैंक ईन्टरनेसनलले गाभ्नको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकको गत माघ १५ गते सम्पन्न साधारण सभाबाट सिटिजन्स बैंक ईन्टरनेसनलमा गाभिने सम्वन्धी विषेश प्रस्ताव सर्वसम्बतले स्वीकृत भैसकेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट एकिकृत कारोवार हुनेछ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ७ : २४ बजे

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन, श्रद्धापूर्वक मनाइँदै 

काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील