१ पुस २०८२, मंगलबार | December 16, 2025

अख्तियार प्रमुखमा प्रेम राईको इन्ट्रीसँगै कार्यबहाक प्रमुख आयुक्त जोशीद्वारा राजीनामा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबहाक प्रमुख आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् ।

विवादास्पद ढंगले अख्तियारमा प्रमुख आयुक्त र दुई आयुक्तलाई नियुक्ति दिएकै दिनमा कार्यबहाक प्रमुख आयुक्त जोशीले राजीनामा दिएका हुन् ।

जोशीले आफु आयुक्त भएकै बेलामा अख्तियारमा सचिव रहेका प्रेम राई प्रमुख आयुक्त बनेर आएपछि नैतिकताका आधारमा राजीनामा दिएका हुन् । यद्यपी, उनले यसबारे केही बताएका छैनन् । जोशीले आजै राष्ट्रपतिसमक्ष आफ्नो राजीनामा बुझाइसकेका छन् ।

अख्तियार प्रमुखमा राईसँगै दुई आयुक्तमा जयबहादुर चन्द र किशोर सिलवाल नियुक्त भएका छन् । उनीहरुले आजै पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गरिसकेका छन् ।

 

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ४ : ५० बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा