११ चैत्र २०८२, बुधबार | March 25, 2026

संवैधानिक आयोगका प्रमुख एवं पदाधिकारीलाई काम गर्नबाट रोक लगाउन सर्वोच्चमा रिट दायर



काठमाडौं । संवैधानिक आयोगका प्रमुख एवं पदाधिकारीहरुलाई काम गर्नबाट रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका हुन् । बुधबार बिहान मात्रै पद तथा गोपनीयताको सपथ लिएका प्रमुख तथा पदाधिकारीहरुले पदभार ग्रहण समेत गरिसकेकाछन् ।

त्रिपाठीले रिटमा ‘२०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय प्रतिषेधको आदेशद्वारा कार्यान्वयन नगर्नु, सो मितिको सिफारिस एवं निर्णयको आधारमा संवैधानिक आयोगमा नियुक्त, सपथ ग्रहण तथा पदभार ग्रहण गरी कुनै कार्य नगर्नु नगराउनु’ भन्ने आदेशको माग गरेका छन् ।

संविधानको धारा धारा २, ८३, २८४ र २९२ को बर्खिलाप हुनेगरी सरकारले अध्यादेश ल्याएको र सोही अध्यादेशको आधारमा नियुक्ति गरेको त्रिपाठीले उल्लेख गरेका छन् ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले नियुक्ति रोक्न माग गर्दै सर्वोच्चमै दायर गरेको रिटलाई सर्वोच्च प्रशासनले दर्ता गरेको थिएन ।

 

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ६ : १४ बजे

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

उद्योग वाणिज्य महासङ्घमा चुनावी सरगर्मी, दुई प्यानलबाट आंशिक उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभा तथा