८ चैत्र २०८२, आइतबार | March 22, 2026

रुपन्देहीमा ५ हजार ५ सय ६ जनाले लगाए कोरोना विरुद्धको खोप, खोप लगाउने म्याद १ दिन बाँकी



बुटवल । रुपन्देहीमा आज मध्यान्ह सम्ममा ५ हजार ५ सय ६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारको पहिलो चरण अन्तर्गतको अग्रपङ्तीका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, कैदीबन्दी, जेष्ठ नागरिक तथा जोखिमपूर्ण श्रमिकहरुका लागि खोप लगाउने अभियानमा ४ हजार ५ सय ६ जनाले खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार रुपन्देहीमा स्थानीय तहका सरसफाईकर्मी २९ जना, एम्बुलेन्स चालक २९ जना, सामूदायिक महिला स्वास्थ्य स्वयमसेविका ९ सय ३ जनाले खोप लगाएका छन् ।

त्यसैगरि रुपन्देहीमा ३ हजार ५ सय १४ जना स्वास्थ्यकर्मी, ६ सय २ जना स्वास्थ्य तर्फका प्रशासनिक तथा सहायक कर्मचारीहरु, १९ जना बृद्धआश्रममा रहेका जेष्ठ नागरिकले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्लामा अन्य सेवा प्रदायकहरु ८२ जना, कैदीबन्दी ३०८ जना र शव ब्यवस्थापनमा खटिएका नेपाली सेनाका २० जनाले पनि कोरोना विरुद्धको खोप लगाएका छन् ।

भारतले अनुदानका रुपमा उपलब्ध गराएको १० लाख डोज खोप गत १४ गतेदेखि पहिलो चरण अन्तर्गत लगाउन शुरु गरिएको थियो । सरकारको पहिलो चरणको कार्यक्रम शुक्रबार सकिंदै छ । खोप लगाउन बाँकी रहेका सरोकारवालालाई शुक्रबार सम्ममा सम्पर्कमा आउन स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ४ : १९ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।