७ माघ २०८२, बुधबार | January 21, 2026

बैतडीको जङ्गलमा कक्षा १२ मा अध्ययनरत युवतीको शव भेटियो



बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा कक्षा १२ मा अध्यनरत एक युवती मृत फेला परेकी छन्। दोगकेदार गाँउकै जङ्गलमा सनातन धर्म माध्यमिक विद्यालय सिर्कोटमा कक्षा १२ मा अध्ययनरत कतोलाकी १९ वर्षीया भागरथी भट्टको शव फेला परेको हो ।

बुधबार विद्यालय जान्छु भनी घरबाट हिँडेकी भागरथीको शव स्थानीय लबलेक सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बुधबार बिहान घरबाट कलेजका लागि निस्केकी भागरथी कलेज सकिएपछि पनि सम्पर्कमा नआएको र बिहिबार साँझ ६ बजेतिर जंगलमा शव भेटिएको बैतडी प्रहरी प्रवक्ता जनकबहादुर धामीले बताए ।

बैतडी प्रहरी प्रमुख नायव प्रहरी उपरिक्षक नारायण अधिकारी सहितको टोली आज बिहान घटनास्थल प्रस्थान गरेको धामीले बताए । ‘तालिम प्राप्त कुकुर, चिकित्सक र अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल तर्फ गएको छ , हत्या हो या अन्य केही त्यसपछि नै थाहा होला ।’ प्रहरी निरिक्षक धामीले खबरकुरासंग भने ।

प्रहरीका अनुसार घटना प्रकृतिले बलात्कार पछि हत्या भएको आशंका गर्न सकिन्छ । शव बीच जंगलमा भेटिएको तथा शरीरभरि नीलडाम र घाउ हुनुका साथै कपडा पनि च्यातिएको अवस्थामा शव भेटिएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । घटनास्थल पुग्न सदरमुकामबाट २ घण्टा लाग्ने स्थानीयले बताएका छन् ।

 

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ९ : ०३ बजे

प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै

बुटवल । लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा