७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

बर्दियामा कोभिडका कारण बन्द भएका सानाव्यवसाय सञ्चालन



बर्दिया । राजापुर नगरपालिका ५ की रेनु कुर्मीको आर्थिक अवस्था अत्यन्त नाजुक थियो । उनी श्रीमान् सँगै भारतमा ज्यालामजदुरी गरी घरपरिवार चलाउने गर्थिन् । घरमा बुढी आमा सँग दुई छोरा छोडेर भारतमा कामगर्ने उनीहरु , श्रीमान् विरामी परेपछि घर फर्किए । लिभरमा खराबी र जन्डिस देखिएपछि भारतको लखनउ सम्म औषधीका लागि पुर्याए पनि उपचार सफल हुन सकेन । श्रीमान्को मृत्यु भएपछि उनीहरुले सञ्चालन गरेको चिया नास्ता पसल श्रीमान्को मृत्यु पश्चात् धरासायी भयो ।

२०७६ पौष १० गते रेनुको श्रीमान्को मृत्यु भयो । उपचारको लागि लिईएको ऋण तिर्न कठिन भएको थियो । त्यस माथी पसल नचलाए घरखर्च चल्ने अवस्था थिएन । रेनुले सरसापट गरेर फेरी पसल सञ्चालन गरिन् । पसल सञ्चालन गरेको केही समय पश्चात् कोरोना महामारीका कारण लकडाउन भयो । उनको आर्थिक अवस्थाझन् खराबभयो । पसल नचलेपछि दैनिक जिविका चलाउन समेत गाह्रो भयो ।

लकडाउन पछि रेनुको पसल पुनःचल्ने अवस्थामाभने थिएन । तर नगरपालिकाको सहकार्यमा तयार नेपालले केही रकम सहयोग गरेपछि बन्दहुने अवस्थामा पुगेको रेनुको चियानास्ता पसल पुनः सञ्चालनमा आएको छ । पसल सञ्चालनमा आएपछि रेनुको परिवारको आर्थिक अवस्था सुधार हुँदै गएको छ । रेनुले ७ जनाको परिवार सहजै पाल्न सफल भएकी छिन् । परिवारका दैनिक आवश्यक्ता पुरा गरी रेनुले दैनिक न्युनतम ३ सय रुपैयाँ बैकमा जम्मा गर्छिन ।

रेनु भन्छिन् –‘ समयमा सहयोग रकम नपाएको भए मेरो पसल बन्द हुन्थ्यो होला । मेरो परिवार अहिले साँझ के खाउँ विहान के खाउँ भन्ने अवस्थामा पुग्थ्यो । तर अहिले सहजै जिविकोपार्जन भईरहेको छ । केही समय पछि पसललाई अझचल्ने ठाउँमा सार्ने उनको धोका छ । ‘अझबजार क्षेत्रमा ठाउँ खोजीरहेको छु उनले भनिन् –‘यो पसल सासु आमालाई चलाउन भन्छु मैले अर्को अझ ठुलो पसल सञ्चालन गर्छु । त्यसको लागि केही रकमको खाँचो छ । ’ पसललाई ठुलो बनाएर श्रीमान्को औषधी उपचारमा लागेको ऋण तिर्ने धोको रहेको रेनुले बताईन् ।

रेनु जस्तै राधा थारु पनि पसल व्यवसाय गर्थिन् । लकडाउनको कारणले पसल नचलेपछि उनी निक्कै चिन्तित भएकी थिईन् । सम्पतीको नाममा सानो घर मात्र रहेको उनको आम्दानीको स्रोत भने घर छेउ मै रहेको पसल थियो । ‘लकडाउनमा पसल खोल्न पनि पाईएन । पसलमा ल्याउने सामान पनि पाईएन ।’ उनले भनिन् – पसल बन्द नै गर्नुपर्ने अवस्था थियो तर सहयोग पाएपछि पसललाई पुनः सञ्चालनमा ल्याएकी छु ।’ अनुदान सहयोग पाएको रकमबाट किराना सँगै नास्ता पसल पनि सञ्चालन गर्ने योजना रहेको छ । उनले नास्ता पसलका लागि थप सामाग्री खरिद गर्ने सोच राखेकी छिन् ।

राजापुर नगरपालिका ६ काशिव राज ढुंगानाले सानो किराना पसल सञ्चालन गरिरहेका छन् । घरको सवै खर्च पसलबाट चलाउँदै आएका ढुंगानाले लकडाउनको समयमा पसल बन्द भएपछि घरखर्च नै चलाउन समस्या भयो । पसलको भाडा बुझाउन नसक्दा पसल बन्द नै गर्नुपर्ने अवस्था सम्मपुग्नु भएको उनले वडा कार्यालयको सिफारिसमा तयार नेपालले दिएको राहतले पुनःपसल सञ्चालनगर्न थालेका छन् । उनले हाल पसलको आम्दानीबाट ५ जनाको परिवार पालेर पनि दैनिक पाँच सय देखि एक हजार सम्म बचत गर्छन् । लकडाउन पछि अनुदान सहयोग नपाएको भए मेरो पसल बन्दहुने थियो । उनले भने –‘ म पसल छोडेर अन्यकामको खोजीमा जानु पथ्र्यो होला अब पसललाई थप लगानी गरेर राम्रो व्यापार गर्न चहान्छु ।

यता राजापुर नगरपालिका – ५ बस्ने मायाचौधरीले व्यवसायीक तरकारी खेतीकालागि ६१ हजार बराबरको विभिन्न सामाग्रीहरु पाएकी छिन् । न्युन आर्थिक अवस्था भएको उनको घर छेउमा करिब दुई कठ्ठा मात्र जग्गा रहेको छ । त्यसमा गरेको खेतीले परिवारको जिविको पार्जन नहुने भएपछि उनले व्यवसायीक तरकारी खेतीगर्ने सोच बनाएकी हुन् । उनले तरकारी खेतीको लागि टनेल बनाउने तयारी पनि गरेकी छिन् ।

कुर्मी, ढुङ्गाना र चौधरी मात्र नभएर राजापुर नगरपालिकामा तिन सय ५७ जना व्यवसायीहरुलाई तयार नेपालले सहयोग गरेको छ । राजापुर नगरपालिकासँग सहकार्य गरी तयार नेपालले कोभिडका कारण व्यवसाय बन्दहुने अवस्थामा पुगेका र आर्थिक अवस्था कमजोर भएका परिवारलाई आर्थिक सहयोग गरेको हो । नगरपालिका भरीका साना किराना तथा नास्ता पसल गर्ने, व्यवसायीक तरकारी खेतीगर्ने बाख्रा पालन पशुपालनगर्ने व्यवसायीहरुको लागि सहयोग गरेको तयार नेपालका फिल्ड अफिसर लोकनारायण पोखरेलले बताए । पोखरेलका अनुसार सहयोग पाउनेमा विपन्न परिवारका महिलाहरु बढि रहेका छन् सहयोग पाउनेमा करिब ६० प्रतिशत महिलाहरुलाई रहेकाछन् । ‘सहयोगका कारण कतिपय महिलाहरुले पुरानो व्यवसायलाई अझै राम्रो बनाउनु भएको छ भने भने कतिपयले नयाँ व्यवसाय सुरु गर्नु भएको छ ।’ उनले भने–‘सहयोग पाएकामध्ये धेरैले व्यवसाय गरीरहेका छन् । आर्थिक अवस्थाक मजोर भएका र केही व्यवसाय सुरु गर्ने सोच भएकालाई वडा कार्यालयको सिफारिसमा व्यवसाय संचालन सहयोग गरेको हो । ’

तयार नेपालले नगरपालिका सँग सहकार्य गरी कोभिड–१९ का कारण जिविकोपार्जन गर्न नसकेका र कमजोर आर्थिक अवस्था भएका दुई सय तिन जनालाई २० दिनको लागिकाम दिएको छ । कामको लागि पैसा कार्यक्रममा प्रति एक दिन एक जनालाई पाँच सय ३० रुपैयाँ रकम दिईएको थियो । विपन्न तथा कोभिडका कारण रोजगारी गुमाएकालाई सिधै राहत वितरण गर्नु भन्दा पनि रोजगारी दिने सोचका साथ कामकालागि पैसा कार्यक्रम सञ्चालन गरीएको संयोजक पोखरेलले बताए ।

त्यसैगरी १० जना व्यवसायीक महिला कृषकका लागि प्रति कृषक ६१ हजार बराबरको कृषि सामाग्री र रकम दिईएको छ । कृषक महिलाहरुले हाल टनेल निर्माण सुरु गरीसकेका छन् । बेमौसमी तरकारी खेतीगर्न इच्छुक महिलाहरुलाई तालिमदिई सामाग्री हस्तान्तरण गरीएको हो । त्यसैगरी सातजना घरबनाउने मिस्त्रीका लागि भुकम्प प्रतिरोधी घर बनाउने तालिम र उनीहरुको लागि आवश्यक सामाग्रीहरु पनि दिईएको छ । कोभिडको कारण देशका विभिन्न स्थानबाट रोजगारी खोसीएर घर फर्केका थिए उहाँहरुले अहिले बर्दिया जिल्लामा भुकम्प प्रतिरोध घर बनाइ रहेका छन् ।

गत जुलाई देखि सुरु भएको तयार नेपाल परियोजनाले राजापुर नगरपालिकाका विपन्न परिवारको आर्थिक अवस्था उकास्नका लागि काम सुरु गरेको परियोजनाका फिल्ड अफिसर लोक नारायण पोखरेलले बताए । विपत्को जोखिममा परेकाहरुको लागि सहज होस भनेर कार्यक्रमको आयोजना गरेको उनले बताए ।

परियोजनाले आयोजना गरेको कार्यक्रमबाट राजापुर नगरपालिकामा आर्थिक अवस्था कमजोर भएका परिवारको जिविकोपार्जनका लागि सहज भएको गैरसरकारी संस्थामहासंघका अध्यक्ष विष्णु तिमिल्सिनाले बताए । विषेशगरी विपन्न महिलाहरुको आयस्तर बृद्धिमा सहयोग पुग्ने गरी परियोजनाले काम गरेको हुँदा उनीहरु आर्थिक रुपमा सक्षमहुने र क्षमता विकास हुने बताए । उनले भने – ‘महिला आर्थिकरुपमा बलियो हुनु भनेको स्वावलम्बी, सामाजिकरुपमा बलियो हुनु पनी हो जसले समाजमा लैंगिक हिंसा न्युनीकरणमा पनि भुमिका खेलेको हुन्छ ।’

तयार नेपालले विपद्को समयमा ल्याएको कार्यक्रमले नगरपालिकालाई अत्यन्त सहजभएको राजापुर नगरपालिकाकी उपमेयर मनकलाकुमारी चौधरीले बताईन् । नगरपालिकालाई आन्तरीक स्रोतबाट व्यवस्थापनगर्न समस्या परिरहेको बेलामा परियोजनाले ल्याएको राहतप्याकेज प्रभावकारी भएको बताईन् । उनले राहतमात्र नभएर साना व्यवसायीहरुले पुनःव्यवसाय सञ्चालन गर्नकालागि सहज भएको बताईन् । कोभिडकाकारण भएको लकडाउनको समयमा साना व्यवसायीहरुको धेरै गुनासो आएको बताउँदै उनले भनिन् –‘कतिपय साना व्यवसायीहरु पसलको घरभाडा तिर्न सक्ने अवस्थामा समेत थिएनन् उनीहरुको हरेक वडाबाट छनौटगरी व्यवसाय संचालन सहयोग कार्यक्रममा सहभागी गराएका थियाँै । जसले गर्दा उनीहरुको व्यवसाय पुनः सञ्चालनमा आएको छ ।’ सहयोग पाउनेहरुमा अधिकांश विपन्न महिलाहरु रहेको बताउँदै उपमेयर चौधरीले महिलाहरुले आफ्नो आर्थिक अवस्था उकास्ने महत्वपुर्ण समय भएको बताईन् । उनीहरुको हौसला र सहयोग रकमको सदुपयोगकालागि तयार नेपाल सँग सहकार्य गरी पटक पटक मुल्याङ्कन गर्ने उनको भनाई छ ।

 

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ९ : १८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल