२० मंसिर २०८२, शनिबार | December 6, 2025

पोखराको सितापाइलामा गोलि चल्यो, एकजना घाईते



पोखरा । पोखराको सितापाईलामा एकजना ईलेक्ट्रिसियन माथि गोलि प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोलि लागेर पोखराको लेकसाईडमा ईलेक्ट्रिसियन काम गर्दै आएका मनोज विक घाईते भएका छन ।

गोलि लागेर घाईते भएका मनोजले आर्फ मोटरसाईकल चलाएर पोखराको बैदाम स्थित प्रहरी चौकी पुगेर आफुलाई गोलि प्रहरा गरिएको बताएका थिए । पर्वत मोदि ८ चित्रे घर भई पोखरा २३ कार्की तहरा बस्दै आएका ईलेक्ट्रिसियन मनोज विकको दाहिने पेटमा आरपार हुने गरि गोलि लागेको छ । घाईते भएका बिकको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ ।

घाईते विकका अनुसार नचिनेका केहि युवाहरुले आफुलाई मुस्ताङचौकबाट फकाएर सितापाईला पु¥याएको र त्यहाँ पुगेपछि जबर्जस्ती मोटरसाईकल खोस्न खोज्दा आफुले प्रतिकार गरेपछि आफुमागि गोलि प्रहार भएको बताएका छन् ।

कास्की प्रहरीले भने चिकित्सकको रिपोर्ट नआउंदा सम्म गोलि नै प्रहार भएको भन्न नसकिने प्रतिक्रिया दिएको छ । मनोज विश्वकर्मा पेटमा चोट लागेको अवस्थामा फेला परेका भएपनि उनलाई के कति कारणले चोट लागेको हो भनि अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए ।

घाईते विकको अवस्था सामान्य रहेको चिकित्सकले जनाएको छ । प्रहरीले घटनाको गहिरो अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १० : ३० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय