८ चैत्र २०८२, आइतबार | March 22, 2026

पोखराको सितापाइलामा गोलि चल्यो, एकजना घाईते



पोखरा । पोखराको सितापाईलामा एकजना ईलेक्ट्रिसियन माथि गोलि प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोलि लागेर पोखराको लेकसाईडमा ईलेक्ट्रिसियन काम गर्दै आएका मनोज विक घाईते भएका छन ।

गोलि लागेर घाईते भएका मनोजले आर्फ मोटरसाईकल चलाएर पोखराको बैदाम स्थित प्रहरी चौकी पुगेर आफुलाई गोलि प्रहरा गरिएको बताएका थिए । पर्वत मोदि ८ चित्रे घर भई पोखरा २३ कार्की तहरा बस्दै आएका ईलेक्ट्रिसियन मनोज विकको दाहिने पेटमा आरपार हुने गरि गोलि लागेको छ । घाईते भएका बिकको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ ।

घाईते विकका अनुसार नचिनेका केहि युवाहरुले आफुलाई मुस्ताङचौकबाट फकाएर सितापाईला पु¥याएको र त्यहाँ पुगेपछि जबर्जस्ती मोटरसाईकल खोस्न खोज्दा आफुले प्रतिकार गरेपछि आफुमागि गोलि प्रहार भएको बताएका छन् ।

कास्की प्रहरीले भने चिकित्सकको रिपोर्ट नआउंदा सम्म गोलि नै प्रहार भएको भन्न नसकिने प्रतिक्रिया दिएको छ । मनोज विश्वकर्मा पेटमा चोट लागेको अवस्थामा फेला परेका भएपनि उनलाई के कति कारणले चोट लागेको हो भनि अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए ।

घाईते विकको अवस्था सामान्य रहेको चिकित्सकले जनाएको छ । प्रहरीले घटनाको गहिरो अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १० : ३० बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा