१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बारामा घरभित्रै सुतिरहेकी महिलाको हत्या



कलैया । बाराको महागढीमाई नगरपालिकामा घरभित्रै सुतिरहेकी एकजना महिलाको हत्या भएको छ । गयराती महागढीमाई वडा नम्बर १ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको घरभित्रै हत्या भएको हो ।

मृतक कान्तिदेवीलाई गलामा धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो ।

घटनाको जानकारी आएलगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले बताए ।

प्रहरीका अनुसार आइतबार बेलुकी घरमा कोहि नभएका बेला उनको धारीलो हतियार प्रयोग गरि हत्या गरिएको हो । उनको हत्याका बेला मृतकका श्रीमान खाना खाएर घरबाहिर गएको र घर फर्कदा श्रीमति मृत फेला परेपछि उनले हल्लाखल्ला गर्दै छिमेकी बोलाएका थिए ।

कुशवाह परिवारका तीन छोरा र एक छोरी भए पनि उनीहरु अध्ययनको सिलसिलामा जिल्ला बाहिर छन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ९ : ५८ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले