१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

मुख्यमन्त्री शंकर पोखरेलको प्रतिबद्धता विपरित प्रदेश स्थापना दिवस देउखुरी मनाईंदै



बुटवल । प्रदेशका कुनैपनि संरचनाहरु नसरेपनि लुम्बिनी प्रदेश सरकारले यस पटक प्रदेश तेस्रो स्थापना दिवस स्थायी राजधानी दाङ देउखुरीमा मनाउने भएको छ ।

गत असोज २० गते प्रदेशको स्थायी राजधानीको स्थायी टुङ्गो लगाएकै दिन प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भौतिक पूर्वाधारहरु तयार नहुँदा सम्म बुटवलबाटै राजधानीका काम कारवाही संचालन हुने बताएका थिए । सभामा त्यस्तो प्रतिबद्धता ब्यक्त गरेपनि राजधानीको टुङ्गो लागे लगत्तै प्रदेशका कतिपय कार्यक्रमहरु देउखुरी केन्द्रित गर्न थालेका थिए । आफ्नै प्रतिबद्धता विपरित मुख्यमन्त्रीले प्रदेशको स्थाना दिवस पनि देउखुरीमै मनाउन लागेका हुन् ।

प्रदेश पूर्वधार विकास प्राधिकरणको कार्यालय स्थापना गरिसकिएको देउखुरीमा मुख्यमन्त्रीकै प्रस्तावमा फागुन २ देखि ४ सम्म प्रदेश स्थापना दिवस देउखुरीमा मनाउन लागिएको हो ।

प्रदेश सरकारले स्थापना दिवस मनाउनका लागि प्रदेश सरकारका आन्तारिक मामिला तथा कानूनमन्त्री कुल प्रसाद केसीको अध्यक्षतामा स्थापना दिवस व्यवस्थापन समिति गठन गरिएको छ । मन्त्री केसीको अध्यक्षतामा बसेको बैठकले फागुन २, ३ र ४ गते देउखुरीमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेशका १२ वटै जिल्लाहरुको सहभागिता हुने गरी स्थापना दिवसको तयारी गरिएको आन्तारिक मामिला तथा कानुनमन्त्री केसीले जानाकारी दिए ।

स्थापना दिवस देउखुरीमा गरिने भएपनि त्यसका सबै तयारी बुटवलबाटै गरिने भौतिक पूर्वधार विकासमन्त्री बैजनाथ चौधरीले बताए । प्रदेश प्रमुख धर्मनाथ यादव प्रमुख अतिथि रहने कार्यक्रममा प्रमुख अतिथि समेत कार्यक्रमकै दिन बुटवलबाट कार्यक्रमस्थल जाने तय भएको मन्त्री चौधरीले बताए ।

स्थापना दिवसको अवसरमा फागुन २ गते स्थानीय तहमा सरसफाईसंग सम्बन्धित कार्यक्रम, ३ गते विशेष समारोहका साथै विभिन्न व्यक्तिलाई पदक प्रदान एवं ४ गते प्रदेशका विभिन्न स्थानमा वातावरण संरक्षणमूलक कार्यक्रमको आयोजनासहित दीपावली गरिने कार्यक्रम तय गरिएको छ ।

 

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १ : १४ बजे

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड