२० मंसिर २०८२, शनिबार | December 6, 2025

ग्लोबल आइएमई बैंकको नयाँ शाखा दाङको लमहीमा



दाङ । ग्लोबल आइएमई बैंक लिमिटेडले दाङ्गको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकद्वारा आयोजित एक विशेष कार्यक्रम बीच शाखाको औपचारिक उद्घाटन गरेका छन् ।

शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले “सबैकालागि बैंक”भन्ने मुलनारालाई चरितार्थ गर्दै बैंक उद्योगी, व्यवसायी एवम् आम सर्वसाधारण सबैको भएको बताए।
उनले स्थानीय स्तरबाट संकलनहुने रकम स्थानीय स्तरकै आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी गरिने प्रतिबद्धता व्यक्त गरे ।

ढकालले यो क्षेत्रको आर्थिक विकास र सम्भावित पूर्वाधार विकासमा सहयोग पु¥याउन बैंक स्थापना भएको बताए ।
बैंकले सानातथा स्वरोजगार व्यवसायदेखि कर्पोरेट क्षेत्रसम्म लगानी गरेको बताउँदै बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बैंकले ७४ जिल्लाबाट आफ्नो सेवा दिएको जानकारी दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति भरत आचार्य, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष बिनोदकुमार पाण्डे लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले देशका ७४ जिल्लामा फैलिएको २६८ शाखा सञ्जाल सहित २४१ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २२ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ५ : ०२ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले