२४ बैशाख २०८१, सोमबार | May 7, 2024

स्वतन्त्र मधेस गठबन्धनको बैठक लहानमा सुरू, प्रहरीलाई कार्यक्रमस्थलमा रोक!



सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिराहाको लहानमा सुरू भएको छ। बैठकको शुभारम्भमा नेपाली राष्ट्रिय गान समेत गुञ्जिएको छ। त्यसपश्चात वेद वाचन पनि गरिएको छ।

लहान नगरपालिका–७ स्थित माडवारी सेवा सदनमा सुरू भएको बैठकमा सहभागी हुनका लागि मधेसका २२ वटै जिल्लाहरूबाट परिषद् सदस्यहरू सहभागी हुँदैछन्।

मूलगेटबाटै राउतका आन्तरिक सुरक्षाकर्मीले कार्यक्रमस्थलको सुरक्षा दिइरहेका छन्। नेपाल प्रहरीले भने मूल गेट बाहिर सुरक्षा दिइरहेका छन्।

कार्यक्रमस्थल मारवाडी सेवा सदनभित्र प्रवेश गरेका नेपाल प्रहरीका दुई जनालाई राउतका आन्तरिक सुरक्षाकर्मीले बाहिर निकालिदिएको स्रोतले बतायो।

कार्यक्रममा सहभागी हुन आएका गठबन्धनका कार्यक्रर्तालाई समेत मूलगेटमै कडा सुरक्षा जाँचपछिभित्र प्रवेश दिइरहेको छ ।

गेटमै नागरिकताको प्रमाण पत्र, देखाएर सुरक्षा जाँच गराइभित्र प्रवेश गर्न दिइरहेको गठबन्धनका एक जना कार्यकर्ताले बताए।

नेपाली नागरिकता नभएका परिषद् सदस्यहरूलाई प्रवेश दिइएको छैन। सो बैठकमा घूसपैठ हुनसक्ने भन्दै मोबाइलसमेत निषेध गरिएको बताइएको छ।

‘मधेसका २२ वटै जिल्लाबाट कार्यकर्ताहरू आउँदैछन्। यस्तोमा को राउतजीको समर्थक हुन् को घूसपैठिया हुन् भन्नेमा द्विविधा हुन सक्छ त्यसैले नागरिकतासहित उपस्थित हुन अनिवार्य गरिएको छ’, उनले सेतोपाटीसँग भने।

बैठकबाट आगामी रणनीति समेत तय गरिनेछ।

सरकारसँग भएको ११ बुँदे सहमतिलाई गठबन्धनले रणनीतिक जितको रूपमा लिएको छ। जनअभिमतलाई जनमत संग्रहको रूपमा अर्थ्याउँदै आएको गठबन्धनले यसलाई रणनीतिक जित भन्दै जनतामाझ सशक्त रूपमा जाने निर्णय समेत गर्न सक्ने स्रोतले बतायो।

सोमबार बैठक सम्पन्न भएपछि सार्वजनिक गर्न मिल्ने निर्णयहरू सञ्चारकर्मीमार्फत् सार्वजनिक गर्ने गठबन्धनका सदस्य सुदीपराज कुशवाहाले बताए।

चैत ५ गत्ते मंगलबार सिके राउतको नागरिक अभिनन्दन तथा स्वागत र्‍याली लहानको शहीद चोकमा निकालिने कुशवाहाले बताए।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ४७ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,