१७ बैशाख २०८१, सोमबार | April 29, 2024

आज प्रधानमन्त्रीको हैसियतमा केपी ओली निर्वाचन आयोग पुगे, निर्वाचनको तयारीका विषयमा छलफल



काठमाडौं । यस अघि पार्टी अध्यक्षका हैसियतले निर्वाचन आयोग पुग्ने गरेका प्रधानमन्त्री केपी ओली आज भने प्रधानमन्त्रीको हैसियतले आयोग पुगेका छन् । बिहान ११ः५० बजे आयोग पुगेका प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग १ घण्टा छलफल गरेर निस्केका छन् ।

प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अन्य पदाधिकारीसँग १ घण्टा छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आज पार्टी अध्यक्षको हैसियतले नभई प्रधानमन्त्रीका हैसियतले आयोगका पदाधिकारीसँग निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोग पुगेको बताएका छन् । ‘आज आयोगमा सरकार आएको हो पार्टी होईन । पार्टी विबादको विषयमा छलफल नभएर निर्वाचनको तयारीका बिषयमा छलफल भयो ।’ थापाले भने ।

मंगलबारको छलफलमा प्रधानमन्त्री ओलीले आयोगले अहिले सम्म गरेको निर्वाचनको तयारीका बारेमा जानकारी लिँदै निर्वाचनको तयारीलाई तिब्रता दिन आग्रह गरेको थापाले जानकारी दिए। थापाका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले गरेको निर्वाचनको तयारीका बिषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ गते नयाँ निर्वाचनको घोषणा गरेका थिए।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  २ : ३७ बजे

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा