२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

ट्राफिक प्रहरी महाशाखाद्वारा हराएका २५ मोटरसाइकल धनिलाई हस्तान्तरण



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाईकल सम्बन्धित धनिलाई हस्तान्तरण गरेको छ ।

मंगलवार महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक कार्यक्रमको आयोजना गरी भेटिएका मोटरसाईकलहरु सम्बन्धित धनिहरुलाई हस्तान्तरण गरेको हो ।

उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका मोटरसाईकलहरु बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंज, कलंकी लगायतका स्थानबाट फेला पारी सम्बन्धित धनिहरुलाई हस्तान्तरण गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईले जानकारी दिए ।

प्रमुख भट्टराईले मोटरसाईकल हराउने अवस्था रोकी सवारी धनिलाई मानसिक र आर्थिक क्षतिबाट कसरी बचाउन सकिन्छ भन्नेबारे आफुले उपाय खोजिरहेको बताए ।

सवारी धनि स्वयम्ले सवारी हराउनु हुन्न भन्नेमा चिन्तित भएर अतिरिक्त सुरक्षाको व्यवस्था गरे हराउने क्रम घट्न सक्ने उनले बताए । ट्राफिक प्रहरीले सादा पोसाकका प्रहरी परिचालन गरेर हराएको मोटरसाईकल र स्कुटर खोज्ने कामलाई तिव्रता दिएको प्रमुख भट्टराईले बताए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ४ : २५ बजे

विश्वकप लिग-२ को अन्तिम खेल आज : नेपाल र ओमान आमनेसामने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान

व्यवसायी शेखर गोल्छा पुनः पक्राउ

काठमाडौं । व्यवसायी शेखर गोल्छा पुनः पक्राउ परेका छन् ।

कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक आज

जनमत पार्टीद्वारा मधेस सरकारबाट समर्थन फिर्ता

जनकपुर । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

रुपन्देही । सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यलाई