१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी : मुनस्टोन विजयी



चितवन । चितवन क्रिकेट संघको आयोजनामा आज (मंगलबार)देखि १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ सुरु भएको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको बागमती प्रदेश ट्राफिक प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बलिङ र फाण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुमुर्स’ले व्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा प्रतियोगिताको मुख्य प्रायोजक प्रेम सुपर मार्केट नारायणगढका प्रमुख एवंम समाजसेवी प्रेमकुमार श्रेष्ठले प्रायोजन बापतको नगद २ लाख रुपैयाँ संघका अध्यक्ष कैलाश प्रधान र उपाध्यक्ष सुदिप पियालाई हस्तान्तरण गरेका थिए ।

सो क्रममा बोल्दै फाण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले प्रतियोगिताको सफलताको कामना गरे । उनले क्रिकेट संघले निरन्तर सहयोग गर्दै आइरहेको भन्दै आगामि दिनमा यस्तै सहयोगको आवश्यकता रहेको बताए ।
प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय खेलाडी योगेन्द्र सिंह कार्कीको अलराउण्डर प्रदर्शनमा मुनस्टोन क्रिकेट क्लव मंगलपुर विजयी भएको छ । समूह ‘ए’ अन्तरगतको खेलमा मुनस्टोन क्रिकेट क्लवले बेलचोक क्रिकेट क्लव भरतपुरलाई ९ विकेटले पराजित गरेको हो । बेलचोकले दिएको ९८ रनको झिनो लक्ष्य पछ्याएको मुनस्टोनले १४.४ ओभरमा एक विकेटको क्षतिमा ९९ रन बनाउँदै जित हासिल गरेको हो । मुनस्टोनको जितमा राष्ट्रिय खेलाडी लोकेश बमले २० बलमा ४३, योगेन्द्र सिंह कार्कीले अविजित ३१ बलमा ३२ रन र आशिष ढुंगानाले अविजित ३७ बलमा १४ रन बनाए । बेलचोकका लागि सार्थक न्यौपानेले ३ ओभरमा एक मेडनसहित २२ रन खर्चिएर एक विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ रोजेको बेलचोकले २९.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९७ रन जोड्न सफल भयो । उसका लागि गौतम केसीले २६ बलमा ३२ रन र रविन्द्रजंग शाहीले ३८ बलमा १३ रन मात्रै जोड्न सक्यो । अन्य व्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

बेलचोकको पारी धरासयी बनाउन योगेन्द्र सिंह कार्कीले ९.४ ओभरमा एक मेडनसहित २३ रन खर्चिएर ४ विकेट लिए । यस्तै कमल थापाले ६ ओभरमा १४ रन खर्चिएर २ विकेट लिए । अलराउण्डर उत्कृष्ट प्रदर्शन गरेका मुनस्टोनका योगेन्द्र सिंह कार्की म्यान अफ दि म्याच घोषित भए । उनलाई प्रतियोगिताका संयोजक उमेश पियाले नगद १५ हजार र ट्रफी प्रदान गरे ।

प्रतियोगिता अन्तरगत भोलि (बुधबार) समूह ‘बी’ अन्तरगत भरतपुर क्रिकेट क्लव र आधूनिक ११ गीतानगरबीच प्रतिस्पर्धा हुने चितवन क्रिकेट संघका उपाध्यक्ष सुदिप पियाले जानकारी दिए ।

एकदिवसीय (५० ओभर) विधामा सुरु भएको यस प्रतियोगिता फागुन ३ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाभरका कुल ६ टिमहरु चितवन क्रिकेट क्लव, भरतपुर क्रिकेट क्लव, मुनस्टोन क्रिकेट क्लव मंगलपुर, इस्र्टन क्रिकेट एकेडेमी टाँडी, बेलचोक क्रिकेट क्लव भरतपुर, र आधूनिक ११ गीतानगरले प्रतिस्पर्धा गर्नेछन् । ६ टिमलाई दुई समूहमा विभाजन गरि लिग खेलाइने छ भने समूह विजेता टोलीले सिधै उपाधिका लागि भिड्ने छ ।

समूह ‘ए’ मा चितवन क्रिकेट क्लव, मुनस्टोन क्रिकेट क्लव मंगलपुर र बेलचोक क्रिकेट क्लव भरतपुर रहेको छ भने समूह ‘बी’ मा इस्र्टन क्रिकेट एकेडेमी टाँडी, आधूनिक ११ गीतानगर र भरतपुर क्रिकेट क्लव रहेका छन् ।
प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिनुभयो । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिनेछ ।

 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ४ : ५४ बजे

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको

प्रलोपा गण्डकी अध्यक्ष यज्ञ बल्लभ शर्मा नेकपामै फर्किए

बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का केन्द्रीय सदस्य तथा गण्डकी

रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नं २

उपेन्द्र यादवको अपील – ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम

एमाले प्रवेश गरेका सयौं युवालाई बुटवलमा विष्णु पौडेलले गरे स्वागत

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विभिन्न वामपन्थी पृष्ठभूमिका नेता–कार्यकर्ता