११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

मतभेद साम्य पार्न देउवाले निवासमै बोलाए बैठक



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद साम्य बनाउन बूढानिलकण्ठस्थित निवासमा बैठक राखेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित वर्तमान र पूर्व कार्यसमितिका केन्द्रीय पदाधिकारी बैठकमा सहभागी छन्।

आइतबार अपरान्ह सुरू भएको बैठक सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डामा केन्द्रित छ।

सभापति देउवा समूहले बहुमतका आधारमा केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था विधानमा राखेपछि पौडेल र सिटौला समूहले लिखित असहमति राखेर बैठक बहिस्कार गर्ने चेतावनी दिँदै आएका छन्।

सभापति देउवाले सहमतिमै पार्टीभित्र अनुशासन समिति कसरी बनाउने भन्नेबारे पनि छलफल गर्न बैठक राखेका हुन्।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ५० बजे

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

काठमाडौं । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को