११ चैत्र २०८२, बुधबार | March 25, 2026

सन्की प्रधानमन्त्रीको प्यादा बन्नेहरु विरुद्ध बोल्न पाइन्छ : रामकुमारी झाँक्री



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी चर्चित नेतृ रामकुमारी झाँक्रीले लोकतन्त्र, गणतन्त्रका उपलब्धी विरुद्ध हमला गर्नेहरु विरुद्ध सधैंभर बोलिरहने प्रतिवद्धता जनाएकी छिन् ।

प्रचण्ड नेपाल नेकपाद्वारा काठमाडौंमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले सन्की प्रधानमन्त्रीको प्यादा बन्नेहरुको विरुद्ध बोल्न पाइने बताएकी हुन् । झाँक्रीले सम्बोधन गर्नुअघि मुखमा बाँधेको कालो पट्टी खोलेकी थिइन् ।

खड्गप्रसाद ओली कागजी बादशाह भएको दाबी गरिन् । झाँक्रीले बाद्शाह ओली ढलिसकेको दाबी गर्दै त्यसको घोषणा गर्न मात्र बाँकी रहेको जिकिर गरिन् ।

झाँक्रीले आफुलाई राष्ट्रपति विरुद्ध बोलेकोप्रति आक्रमण भएको बिताउँदै सार्वजनिक पदको कुनै लिंग नहुने बताइन । राष्ट्रपतिप्रति इङ्गित गर्दै झाँक्रीले प्रधानमन्त्रीको पर्सनल एसिस्टेन्ट जस्तो बनेर राष्ट्राध्यक्षले देशलाई घात गर्न नपाउने जिकिर गरिन् । झाँक्रीले भनिन्, ‘सन्की प्रधानमन्त्रीको प्यादा बन्नेहरु विरुद्ध विरुद्ध बोल्न पाइन्छ ।’

आफुलाई कारवाही गर्न सिफारिस गर्ने अखिल नेपाल महिला संघका नेतृहरुलाई ब्यङ्ग गर्दै झाँक्रीले भनिन्, ‘विद्या भण्डारीले १८ वर्ष सिन्डिकेट गरेका अनेमसंघका अधिकारीहरुले भागिरथीहरुका हत्याराहरुलाई कारवाही गर भनेर गृहमन्त्रालय पुगेकी पुगेनन, मलाई बुझ्न मन छ ।’

नेतृ झाँक्रीले खड्ग ओली कागजी बादशाह भएको दाबी गर्दै ती ढलिसकेको र अब घोषणा गर्न मात्र बाँकी रहेको बताइन् । ‘ओली व्यक्ति होइन, त्यो प्रवृत्ति हो । यो प्रवृत्तिको विरुद्ध हामी लडाईं लड्दैछौं । यो प्रवत्तिका विरुद्ध हामीले विजयी बन्दैछौं’, झाँक्रीले भनिन् ।

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  २ : ४२ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई