२९ मंसिर २०८२, सोमबार | December 15, 2025

झाँक्री पक्राउ परेपछि गगन थापाको चेतावनी : सरकार झ्यालखानाको संख्या थप !



काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सत्यको पक्षमा बोल्ने मुख सरकारको त्रासले बन्द नहुने चेतावनी दिएका छन् ।

प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाकी युवा नेतृ रामकुमारी झाँक्रीलाई सरकारले राज्य विरुद्धको कसुरमा पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत नेता थापाले सरकारले सत्य बोल्ने मुख थुन्न नसक्ने बताएका हुन् ।

रामकुमारी झाँक्रीको पक्राउ गरेकोमा आक्रोश पोख्दै थापाले सरकरालाई झ्यालखाना थप्न समेत चेतावनी दिएका छन् ।

‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति । सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन’, थापाले भनेका छन् ।

थापा र झाँक्री २०६२/६३ को जनआन्दोलनको अगुवाई गर्ने दुई चर्चित युवा हुन् । झाँक्रीलाई राष्ट्रपति विरुद्ध अभिव्यक्ति दिएको अभियोगमा सरकारले राज्य विरुद्धको कसुरमा बिहीबार उनकै निवासबाट पक्राउ गरेको छ । झाँक्रीको पक्राउको विरोधमा नेकपाका नेता कार्यकर्ता विरोधमा उत्रिएका छन् भने विपक्षी दलका नेता एवं नागरिक आन्दोलनका अगुवाहरुले नागरिक स्वतन्त्रता हनन भएको भन्दै विरोध गरेका छन् ।

 

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  २ : १४ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ