१७ बैशाख २०८१, सोमबार | April 29, 2024

१७ करोडको लगानीमा तिलोत्तमाको भलवारीमा खुल्यो ‘हिडन प्यालेस’



बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै तिलोत्तमाको भलवारीमा नयाँ होटल सञ्चालनमा आएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-बेलहिया सडकमा पर्ने रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ स्थित भलवारीमा हिडन प्यालेस प्रा.लि. सञ्चालनमा आएको हो ।

लुम्बिनीमा आएका पर्यटकहरुलाई आकर्षण गर्नेगरी पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यसहित करिब १७ करोड रुपैयाको लगानीमा प्यालेस सञ्चालनमा ल्याइएको होटलका प्रवन्ध निर्देशक आभुषण खनालले बताए ।

मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको होटल तथा पर्यटन व्यवसायबाट मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने सरकारी लक्ष्यलाई सार्थक बनाउन होटल व्यवसायमा प्रवेश गरेको प्रा.लि.का अध्यक्ष अन्जु शर्मा खनालले बताइन् ।

‘हामीले २०७० सालमा एउटा सामान्य खालको पार्टी प्यालेस बनाउने निर्णय ग¥यौ, त्यसै क्रममा हाम्रो योजना परिवर्तन भयो, हामीले सामान्य खालको पार्टी प्यालेसको सट्टा सुविधासम्पन्न होटल बनाउने निर्णयमा पुग्यौ, फलस्वरुप हामीले हिडन प्यालेस बनाउने निष्कर्षमा पुग्यौ, उनले भनिन् ।

पहिलो चरणमा ३४ वटा कोठा, अल डे डाइनिङ रेष्टुरेण्ट, सेमीनार हल बनाइएको प्रा.लि.का कार्यकारी अध्यक्ष भुवन शर्मा खनालले बताए ।

आउँदो वैशाखसम्म ३६० भ्यु बार हाउस (डोम) ब्याङ्क्वीट हल, सुइमिङ्ग पुल, बेकरीतर्फ (पाउरोटी पसल) लगायतका संरचना निर्माण गर्ने प्रा.लि.ले लक्ष्य लिइएको र आगामी वर्षभित्र हेल्थ क्लब, जिम हाउस, फनफार्क लगायतका संरचना बनाउने लक्ष्यका साथ काम अगाडि बढाइएको उनले बताए ।

‘आजदेखि हामीले सफ्ट ओपनिङ गरेको यो होटल वैशाख १ ग्राण्ड ओपनिङ गर्ने तयारी गरेका छौ, यस हिडन प्यालेसमा ३४ ओटा कोठामध्ये २ वटा डिलक्स जुनियर स्वीट रुम, ९ वटा क्वीन बेड र २३ वटा टु वीन बेड रहेका छन्, हामीहरु यस होटलमा अधिंकाश नेपाली उत्पादन प्रयोग गरेका छौ, जस्तै हामीले प्रयोग गरेका कुर्सी, टेबल स्थानीय आवास स्टीलले तयार गरेका उत्पादन हुन् त्यस्तै होटलमा नेपालकै पुरानो नेपाल कफी कम्पनीको कफी प्रयोग गरेका छौं, उनले बताए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ५ : १८ बजे

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।