१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी : मुनस्टोन फाइनलमा प्रवेश



चितवन । लगातार दुई खेलमा जित निकाल्दै मुनस्टोन क्रिकेट क्लव १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७ को फाइनलमा प्रवेश गरेको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा आज (विहीबार) भएको खेलमा चितवन क्रिकेट क्लवलाई ७८ रनले पराजित गर्दै मुनस्टोन एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको हो । समूह ‘ए’ मा रहेको मुनस्टोनले लीगको पहिलो खेलमा बेलचोक क्रिकेट क्लवलाई ९ विकेटले पराजित गरेको थियो । उपाधिका लागि मुनस्टोनले समूह ‘बी’ को विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

आज (विहीबार) चितवन क्रिकेट क्लवले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको मुनस्टोनले निर्धारित ४९ ओभरमा ७ विकेटको क्षतिमा २६३ रन बनाएको थियो । उसका लागि योगेन्द्र सिंह कार्कीले ६० बलमा ९३ रनको अविजित पारी खेले । यस्तै मनिस अधिकारीले ४८ बलमा ३९ र हरिबहादुर चौहानले ४४ बलमा ३३ रन बनाए ।
चितवन क्रिकेट क्लवका लागि राशिद खानले १० ओभरमा एक मेडनसहित ४४ रन खर्चिदै ३ विकेट लिए ।
जित्नै पर्ने खेलमा २६४ रनको लक्ष्यसहित मैदानमा उत्रिएको चितवन क्रिकेट क्लव ४४.२ ओभरमा १८५ रनमा अलआउट हुन पुग्यो । चितवन क्रिकेट क्लवका लागि केशवजंगले ४२ बलमा ४४, राशिद खानले ४९ बलमा ३५ रनको योगदान दिए ।

मुनस्टोनका लागि कमल थापाले १० ओभरमा ४१ रन खर्चिदै ३ र विज्ञान गौतमले १० ओभरमा २ मेडनसहित २३ रन खर्चिदै २ विकेट लिए ।

खेलमा ९० रन बनाएका मुनस्टोनका योगेन्द्र सिंह कार्की म्यान अफदि म्याच घोषित भए ।

चितवन क्रिकेट संघको आयोजनामा जारी १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ फागुन ३ गतेसम्म चल्ने छ ।

प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ९ : ४१ बजे

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा