१२ असार २०८३, शुक्रबार | June 26, 2026

प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी : मुनस्टोन फाइनलमा प्रवेश



चितवन । लगातार दुई खेलमा जित निकाल्दै मुनस्टोन क्रिकेट क्लव १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७ को फाइनलमा प्रवेश गरेको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा आज (विहीबार) भएको खेलमा चितवन क्रिकेट क्लवलाई ७८ रनले पराजित गर्दै मुनस्टोन एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको हो । समूह ‘ए’ मा रहेको मुनस्टोनले लीगको पहिलो खेलमा बेलचोक क्रिकेट क्लवलाई ९ विकेटले पराजित गरेको थियो । उपाधिका लागि मुनस्टोनले समूह ‘बी’ को विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

आज (विहीबार) चितवन क्रिकेट क्लवले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको मुनस्टोनले निर्धारित ४९ ओभरमा ७ विकेटको क्षतिमा २६३ रन बनाएको थियो । उसका लागि योगेन्द्र सिंह कार्कीले ६० बलमा ९३ रनको अविजित पारी खेले । यस्तै मनिस अधिकारीले ४८ बलमा ३९ र हरिबहादुर चौहानले ४४ बलमा ३३ रन बनाए ।
चितवन क्रिकेट क्लवका लागि राशिद खानले १० ओभरमा एक मेडनसहित ४४ रन खर्चिदै ३ विकेट लिए ।
जित्नै पर्ने खेलमा २६४ रनको लक्ष्यसहित मैदानमा उत्रिएको चितवन क्रिकेट क्लव ४४.२ ओभरमा १८५ रनमा अलआउट हुन पुग्यो । चितवन क्रिकेट क्लवका लागि केशवजंगले ४२ बलमा ४४, राशिद खानले ४९ बलमा ३५ रनको योगदान दिए ।

मुनस्टोनका लागि कमल थापाले १० ओभरमा ४१ रन खर्चिदै ३ र विज्ञान गौतमले १० ओभरमा २ मेडनसहित २३ रन खर्चिदै २ विकेट लिए ।

खेलमा ९० रन बनाएका मुनस्टोनका योगेन्द्र सिंह कार्की म्यान अफदि म्याच घोषित भए ।

चितवन क्रिकेट संघको आयोजनामा जारी १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ फागुन ३ गतेसम्म चल्ने छ ।

प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ९ : ४१ बजे

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौं । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस

साइबर अपराध मुद्दामा पत्रकार विनोद ढकाल पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाल साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका

नक्कली औषधि प्रकरणबारे औषधि व्यवसायी संघ रुपन्देहीको ध्यानाकर्षण, दोषीलाई कडा कारबाहीको माग

बुटवल । बुटवलस्थित सैनामैना हेल्थ सेन्टरमा नक्कली औषधि फेला परेको