१ पुस २०८२, मंगलबार | December 16, 2025

आज अवधी पत्रकारहरु बाँकेमा भेला हुँदै



नेपालगन्ज । अवधी भाषी पत्रकारहरुको बाँकेमा जमघट हुने भएको छ । अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा रहेको अवधी पत्रकार संघ नेपाल केन्द्रीय समिति र जिल्ला शाखा बाँकेको संयोजनमा बाँके डुडुवा गाउँपालिका कम्दी कम्मरशाह बाबा मजारमा आज (शनिबार) भेलाको आयोजना गरिएको हो ।

भेला तथा प्रशिक्षणमा बाँकेका सम्पुर्ण अवधी पत्रकार, तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधीहरुको सहभागिता रहने संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले बताए । केन्द्रीय अध्यक्ष मिश्रका अनुसार भेलामा कोरोना महामारीका बेला पत्रकारहरुले भोगेका समस्या, आगामी कार्ययोजना र संघको कार्यालय भवन निमार्णको पहलका विषयमा छलफल र पत्रकार आचारसंहिता तथा पत्रकारिताका विषयमा प्रशिक्षण समेत दिइने छ ।

त्यस अवसरमा बनभोज कार्यक्रमसंगै मनोरञ्जनका क्रियाकिलाप समेत राखिएको भेला तयारी समितिका संयोजक तथा जिल्ला शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले बताए । उनले विहान १० बजे शुरु हुने कार्यक्रमका लागि सम्पुर्ण अवधी पत्रकारलाई सहभागिताका लागि आह्वान समेत गरेका छन् ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ९ : ११ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज