२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रचण्ड-नेपाल नेकपा र काँग्रेसद्वारा प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम बहिस्कार



विराटनगर । प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रमलाई नेकपाको प्रचण्ड नेपाल पक्षसहितका प्रतिपक्षी दलहरुले बहिस्कार गरेका छन् ।

विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा जारी वार्षिकोत्सव कार्यक्रमलाई प्रचण्ड नेपाल नेकपा र नेपाली काँग्रेससहितका दलहरुले बहिस्कार गरेका हुन् ।

सरकारले संसद छल्दै हिँडेका कारण कार्यक्रममा उपस्थिति हुन आवश्यक नदेखेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले जनाएका छन् । प्रचण्ड नेपाल पक्षका नेता इन्द्र आङ्वोले सरकारले बैधता गुमाइसकेका कारण त्यस्तो सरकारले आयोजना गर्ने कार्यक्रममा अनुपस्थित भएको बताए ।

कार्यक्रममा प्रदेश सभाका सांसदहरुको उपस्थिति न्यून रहेका छ । ओली समुहका सांसदहरु मात्रै उपस्थित रहेको कार्यक्रममा सरकारले २३२ बुँदे उपलब्धी सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सोमनाथ प्यासीले उपलब्धी पुस्तिका सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रचण्ड नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । तर, ओली पक्षले भने अविश्वासको प्रस्ताव सामना नगरी संसद बैठकलाई नै अवरोध गरेर सत्ता टिकाउन प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ११ : १४ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती