११ श्रावण २०८३, सोमबार | July 27, 2026

प्रधानमन्त्री ओलीको दाबी : आगामी वर्ष दुई अंकको आर्थिक वृद्धिदर



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी ब्यवसायीलाई आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा आफु निकट उद्योगी तथा ब्यवसायीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीको अत्याधिक प्रयोग गरी रोजगारी सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी ब्यवसायीमाझ आग्रह गरेका हुन् । देशलाई आत्मनिर्भरतातर्फ लाने उपभोग्य वस्तुहरुको ठुलो परिमाणमा उत्पादन गरी निर्यात गर्न समेत आग्रह गरे । प्रधानमन्त्री ओलीले जमिन, जल, वनजंगल, जडिबुटीलाई अधिकतम प्रयोग गरी उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने काममा सरकारले पूर्ण रुपमा सहयोग गर्ने उहाँको प्रतिबद्धता ब्यक्त गरे ।

प्रधानमन्त्री ओलीले कोभिडको बाबजुद पनि गरिबी नघटेको दाबी गरे । आगामी वर्ष आर्थिक वृद्धिलाई डबल डिजिटमा पुर्याउने उनले दाबी गरे । आर्थिक विकासका निम्ति विभिन्न उद्योगहरुको स्थापना तथा खानीहरुको उत्खनन् गर्ने उनले बताए । साथै प्रधानमन्त्री ओलीले वलात्कारका घटनाका अपराधीहरुलाई नियन्त्रण गरेर कारबाही गर्ने पनि बताए । आफु सरकारमा रहुञ्जेल अपराधबाट बच्न कुनै शक्ति काम नलाग्ने भन्दै प्रधानमन्त्री ओलीले अपराधीहरुलाई न्यायको कठघरामा उभ्याएर पीडितलाई न्याय दिने दाबी गरे ।

कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले देशलाई अस्थिरताको भुमरीबाट मुक्त गर्नका निम्ति ताजा जनादेश दिन जनतालाई आब्हान गरेको बताए । समृद्धिको निरन्तरताको लागि र राजनीतिक स्थिरता सुनिश्चितताको लागि निर्वाचन आवश्यक रहेको उनको भनाइ छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले देशलाई आर्थिक समृद्ध गर्ने एकमात्र एजेण्डा आफ्नो पार्टी र सरकारको रहेको बताए । मन्त्री रायमाझीेले प्रचण्ड–माधव पक्ष राष्ट्रको समृद्धिका विपरित सडकमा गएको आरोप लगाए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ६ : ०८ बजे

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी