५ पुस २०८२, शनिबार | December 20, 2025

एक महिने काष्ठमा बुट्टा कुद्ने (कार्बिङ) तालिम



बुटवल । बुटवल फर्निचर उद्योग संघमा आवद्ध रहेका ब्यवसायीहरुलाई लक्षित गरि बुटवलमा एक महिने काष्ठ कार्बिङ तालिम शुरु भएको छ ।

कार्यक्रमको एक समारोहका बिच घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत लक्ष्मण लम्सालले काठमा बुट्टा काटेर उद्घाटन गर्दै आत्मनिर्भर उद्योग बनाउन तालिम उपलब्धिमुलक हुने आशा ब्यक्त गरे ।

सिप, जागर र लगानीको सदुपयोग गरौ, आत्मनिर्भर बनौ भन्ने मुल नारासहित स्थापना भएको संघले आफना ब्यवसायीहरुको दक्षता वृद्धि गर्ने उद्येश्यका साथ कार्यक्रम गरेको संघका अध्यक्ष सुरेन्द्र ज्ञवालीले बताए ।

तालिममा २० जना सहभागि रहेका छन । सहभागीलाई घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा औजारसमेत उपलब्ध गराईने उनले बताए ।

संघको हलमा हप्ताको एकदिन सैद्धान्तिक तथा अन्य दिन त्रिशक्ति फर्निचर उद्योग, पाण्डेय फर्निचर उद्योग, बुद्ध लुम्बिनी फर्निचर उद्योग, शुभ नारायणी फर्निचर उद्योग, बालकृष्ण फर्निचर उद्योग, भोलेबाबा फर्निचर उद्योग, बुटवल फर्निचर उद्योग प्रालि र नमस्ते फर्निचर उद्योग गरि आठ वटा उद्योगमा ब्यवहारिक तालिम दिईने गोबिन्द प्रसाद पाण्डेले बताए ।

कार्यक्रममा अतिथि कृष्ण प्रसाद पराजुली, संघका पुर्व अध्यक्ष विष्णु कुमार श्रेष्ठ, माधाव प्रसाद पौडयाल, नरेश कुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष विष्णु प्रसाद पाण्डे, सल्लाहकार बोनिन पिया, सावित्रा टण्डन, महासचिव अशोक कुवर लगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ४ : २१ बजे

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र