१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

प्रति खोप ४ डलरका दरले सरकारले २० लाख डोज कोरोना विरुद्धको खोप खरिद गर्ने



काठमाडौं । सरकारले भारतमा उत्पादित कोरोना भाइरसविरुद्धको ‘कोभिसिल्ड’ खोप खरिद गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले भारतमा उत्पादीत कोरोना भाइरसविरुद्धको खोप अग्रिम भुक्तानी गरेर खरिद गर्ने निर्णय गरेको हो ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप उत्पादन गरिरहेको भारतको सेरम इन्स्टिच्युटसँग खोप उत्पादक कम्पनीको सर्तअनुसार अग्रिम भुक्तानी गर्दै प्रतिखोप ४ डलरका दरले २० लाख डोज खोप किन्ने सरकारले निर्णय गरेको हो । यस अघि सोही कम्पनीसंग खोप प्राप्त भएपछि भुक्तानी गर्ने सर्तमा तोकिएको मुल्यमा खोप खरिद गर्ने निर्णय गरेपनि सेरमले खोपको रकम अग्रमि भुक्तानी गर्नुपर्ने सर्त राखेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रिम भुक्तानीको निर्णय गराउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो ।

सार्वजानिक खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशत मात्रै अग्रिम भुक्तानी दिन सक्ने मात्रै प्रावधान रहेको छ ।

मन्त्रालयको उक्त प्रस्तावलाई पास गर्दै मन्त्रिपरिषदले खोप खरिदका लागि अग्रिम रकम भुक्तानीको बाटो खुला गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उल्ल्ेखित मुल्य सहुलियत दरको मुल्य भएको मन्त्रालयले जनाएको छ ।

खरिद गरिने खोप फेब्रअरी अन्तिम वा मार्च पहिलो साता खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।

खोप आएपछि तेस्रो चरणको अभियान सुरु गर्दै समुदायका ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिने सरकारको तयारी छ ।

मन्त्रालयले २३ फागुनबाट लगाउने तयारी गरेपनि केहिदिन पछाडी पनि जान सक्ने मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १० : ३३ बजे

भ्रष्टाचार प्रकरणमा आप प्रमुख अरविन्द केजरीवाललाई अदालतको क्लिनचिट

नयाँ दिल्ली। दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का

आगामी वर्षको कर नीतिबारे सुझाव दिन राजस्व परामर्श समिति गठन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया

भड्किला भाषणले देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : सभापति थापा

बुटवल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक

होलीका नाममा सार्वजनिक स्थानमा भीड जम्मा नगर्न काठमाडौं प्रशासनको निर्देशन, मदिरा वेचविखनमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्व मनाउँदा शान्तिसुरक्षा

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने