४ भदौ २०८३, बिहिबार | August 20, 2026

खुल्लामञ्चका अतिक्रमित संरचना डोजर लगाएर हटाइयो



काठमाडौं । काठमाडौंको खुलामञ्च भन्ने वित्तिकै आम मानिसको सोचाई राजनीतिक दलहरुले गर्ने सभा विरोध प्रदर्शनस्थल भनेर चिनिन्छ । विगतदेखि सबै राजनीतिक दलहरु र खुलामञ्चको साइनो राजनीतिक परिवर्तनको साक्षी बनेर खडा छ । तर, केही वर्षयता खुलामञ्चमा सार्वजनिक सभा, समारोह, प्रदर्शन हुन छोडेको थियो ।

भूकम्पछि खुला मञ्चको अतिक्रमण सुरु भएको थियो । एकातिर पुरानो बसपार्कमा काठमाडौं टावर बनाउने नाममा ६ महिनका लागि भन्दै अस्थायी रुपमा बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो भने अर्कोतिर दरबार हाइस्कुल पुनर्निर्माण र वीर अस्पतालको नयाँ भवन निर्माणका लागि निर्माणसामग्री थुपार्ने र कामदार राख्ने स्थल । त्यहीँमाथि थप अतिक्रमण गरेर कैयौं टहरा निर्माण । खुल्लामञ्च वास्तवमै कुरुप बनेको थियो । खुल्लामञ्च अतिक्रमण भएको विरोधमा अकुपाई टुँडिखेलको नाममा अभियन्ताहरुले दबाब बढाउँदै आएका थिए । तर उनीहरुको सुनुवाई भएको थिएन ।

पछिल्लो समय सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोध र समर्थनमा राजनीतिक दलका ठूला प्रदर्शन र सभा स्थान अभावका कारण सडकमै हुन थालेपछि काठमाडौं महानगरपालिका दबाबमा परेको थियो । दशौं हजारको उपस्थितिमा सडकमै प्रदर्शन र सभा भएका कारण काठमाडौंकै ट्राफिक व्यवस्था अस्तव्यस्त बनेपछि महानगरपालिका खुल्लामञ्चको अतिक्रमण हटाउने निस्कर्षमा पुगेको थियो ।

बुधबार बिहानै महानगरपालिकाले डोजर लगाएर अतिक्रमित टहराहरु भत्काएको छ ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ९ : ३१ बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब