१७ बैशाख २०८१, सोमबार | April 30, 2024

राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको तयारी पुरा



बुटवल । बुटवलमा उपमहानगरपालिकामा सञ्चालन हुन गईरहेको दोश्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको तयारी पुरा भएको छ । बुटवल नगर खेलकुद विकास समितिको आयोजनामा आज बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिईयो ।

पत्रकार सम्मेलनमा बोल्दै नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउछाले प्रतियोगिताको तयारी पुरा भएको र धेरैभन्दा धेरै विद्यालय र विद्यार्थीको सहभागिता रहने जानकारी दिए । उनले नगर खेलकुद विकास समितिको गठनपछि बुटवलभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरुलाई राष्ट्रपति रनिङ शिल्डमा हुने विभिन्न खेलकुदबारे प्रशिक्षण दिईएको भन्दै त्यसैको परिणाम स्वरुप यसवर्ष सहभागि विद्यालय र विद्यार्थी संख्या बढेको बताए ।

फागुन ७ गतेदेखि १० गतेसम्म चल्ने राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता बुटवल ११ देविनगरस्थीत एन्फा एकेडेमीको खेल मैदानमा हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगिता अन्तर्गत नगरका संस्थागत र सामुदायिक गरि ३० विद्यालयको सहभागिता रहने काउछाले जानकारी दिए ।

कुल १ हजार ३ सय ३४ विद्यार्थी सहभागि रहने प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ४२ कास्य पदकका लागि प्रतिष्प्रधा हुनेछन् ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुंदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगर खेलकुद विकास समितिका सदस्य सचिव एवं कालिका मानविज्ञान माविका प्रधानाध्यापक विष्णुहरी ज्ञवालीले जानकारी दिए ।

प्रतियोगितामा एथ्लेटिक्स, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल,कबड्डी, करांते, तेक्वाण्डो लगायतका प्रतियोगिताहरु हुनेछन् । आयोजकका अनुसार करांते र तेक्वाण्डो भने रनिङ शिल्डमा गणना गरिने छैन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ६ : २० बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल