४ भदौ २०८३, बिहिबार | August 20, 2026

देवदह कप प्रतियोगिता : पत्रकारका अगाडी जनप्रतिनिधिको केहि चलेन



बुटवल । जनप्रतिनिधि र सञ्चारकर्मीकाबीच भावनात्मक सम्बन्ध विस्तार गर्न भन्दै रुपन्देहीको देवदहमा बुधबार भएको फुटबल प्रतियोगितामा देवदहका जनप्रतिनिधिहरुको टिमलाई हराउँदै रुपन्देहीका क्रियाशिल पत्रकार विजयी भएका छन । निक्कै रोमाञ्चक र कडा प्रतिष्पर्धाका साथ सम्बन्न खेलमा देवदह नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीलाई ट्राईबेकरमा ४–२ गोलले पराजित गर्दै उपाधि चुमेका हुन् ।

डि युनिटि युथ क्लब देवदहको आयोजनामा पानबारीस्थित खेलमैदानमा जारी दोस्रो देवदह कप प्रतियोगिता अन्तरगत बुधबार देवदह जनप्रतिनिधि, कर्मचारी र पत्रकारबीच फुटबल प्रतियोगिता भएको थियो । खेलमार्फत जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीबीच भावनात्मक सम्बन्ध विस्तारको उदेश्यका साथ खेल आयोजना गरिएको आयोजक डि युनिटी युथ क्लवले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल फागुन ९ गते हुने छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ९ : ५७ बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब