१८ श्रावण २०८३, सोमबार | August 4, 2026

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि विरुद्ध अनेरास्ववियूद्वारा आयल निगम घेराऊ



काठमाडौं । प्रचण्ड-नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

अनेरास्ववियूका विद्यार्थीहरुले बिहीबार दिउँसो बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ र प्रदर्शन गरेका हुन् । त्यसक्रममा विद्यार्थीहरुले प्रदर्शनकारीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नारावाजी गरेका थिए ।

अनेरास्ववियूले बिहीबार बिहान देशभरका क्याम्पसमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका थिए ।

सरकारले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । अन्तराष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र भारतीय आयल निगम आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्यवृद्धि गर्न बाध्य भएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ । यो दुईवर्ष यताको सबैभन्दा उच्च मूल्यवृद्धि हो ।

आयल निगमले मूल्यवृद्धि गर्नाको कारण अन्तराष्ट्रिय बजारलाई देखाएपनि सरकारले पेट्रोलियम पदार्थमा असुल्ने शतप्रतिशत करका कारण नेपालमा उपभोक्ताले चर्को मूल्य तिर्न बाध्य भएका हुन् ।

 

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ३ : ०८ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क